एम्बुलेन्स व्यापार: तिम्रो बिरामी ‘लैनो’ कि ‘बकेर्नो’? कल रेकड सुन्न तल लिंकमा क्लिक गर्नुस

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२२ जेष्ठ २०७१, बिहीबार ०५:४८

काठमाडौँ,२२ जेठ । स्याङजा पकवादीका मधुमेहका रोगी ६७ वर्षीय पूर्णबहादुर रानाको खुट्टा नचल्ने भएपछि लुम्बिनी मेडिकल कलेज पाल्पाले अप्रेसन गरिदियो। मधुमेहका कारण घाउ निको भएन। थप उपचारका लागि एक महिनापछि उनी त्रिवि शिक्षण अस्पताल महाराजगन्जको इमर्जेन्सीमा भर्ना भए। त्यहाँ केही दिनपछि डिस्चार्ज गरेर ओपीडीमा बोलायो। ओपीडीले चाहिँ ‘अवस्था नाजुक छ’ भनेर फेरि भर्ना गरिदियो। ambulanceअस्पतालको शौचालय जान लाग्दा अचेत भएर लडेपछि चिकित्सकले आईसीयूमा भर्ना गर्न रेफर गरे। तर अस्पतालले आईसीयू खाली नभएको भन्दै ब्लुक्रस लैजान सुझाए। ब्लुक्रसले ३० हजार धरौटी लिएर आईसीयूमा भर्ना गरिदियो। तर बिल भने २५ हजार लेखिएको थियो। पूर्णबहादुरका छोरा अरुणले भने, ‘५ हजार कमको बिल किन नि भनेर सोध्दा त्यो भेन्टिलेटरको शुल्क हो, लेख्नु पर्दैन भने। हामीले आईसीयू पायौं। पैसा तिरियो।’

अरुणलाई अस्पताल प्रशासनले धरौटीबाहेक आईसीयूको दैनिक ६ हजार, चेकअप र औषधिको छुट्टै चार्ज लाग्छ भनेका थिए। तर तेस्रो दिन भेन्टिलेटरका लागि थप ६ हजार लाग्छ भने। अरुणले दुखेसो गरे, ‘पछि त दैनिक १५ हजारका दरले बिल दिए। दस दिनको एक लाख ७५ हजारजति तिरें। तर बाबा बाँचेनन्।’

धादिङ कटुञ्जेका लालबाबु सुनारलाई पत्थरी भयो। धादिङको सहिद मेमोरियल अस्पतालमा लैजाँदा अस्पतालले ‘दुईवटा पत्थरी छ। यहाँ साधन छैन’ भनेर फर्काएपछि राजधानीको मनमोहन मेमोरियल अस्पताल आए। त्यहाँबाट कलंकीको सिटी सेन्टर हस्पिटलमा पठाइदियो। पत्नी सुनिता सुनारले भनिन्, ‘त्यहाँ आईसीयूको धरौटी २० हजार लियो। चार दिन राख्दा ७५ हजार तिरियो।’

स्याङ्जाका अरुण र धादिङकी सुनितामात्र होइन, निजी अस्पतालमा उपचार गराउन आउने जोकोहीले पनि यसरी नै धेरै पैसा खर्च गर्नुपर्छ। महँगो धरौटी तिर्न नसक्नेले उपचारै पाउँदैनन्। निजी अस्पतालहरू किन यति महँगा छन्? खोज्दै जाँदा अस्पतालले बिरामीलाई चार्ज गर्ने पैसा एम्बुलेन्स ड्राइभर र दलालसम्म पुगेको पाइयो।

लैनो कि बकेर्नो

पहिले डाँकुहरूले सुराकी लगाएर लैनो (दुधालु, धनी) कि बकेर्नो (थोरै दूध दिने, गरिब) भन्ने सोधेर सिकारलाई टाढैबाट चिन्थे रे। निजी अस्पतालहरूले पनि बाटैमा बिरामीको आर्थिक अवस्था जान्न एम्बुलेन्स ड्राइभरलाई सोध्छन्, ‘बिरामी कस्तो हो?’ ड्राइभरलाई फकाउँछन्, ‘लिएर आउनुस्। बिरामी हेरेर ५ देखि १० हजारसम्म दिन्छौं।’ बिरामी लैनो परे एम्बुलेन्स ड्राइभरलाई १० हजार, बकेर्नो परे ५ हजार। यसरी अस्पतालले बिरामीलाई कस्तो उपचार दिने भन्दा पनि उसबाट कति दुहुन सकिन्छ भनेर अग्रीम निक्र्योल गर्छन्।

अडियो १

रिसेप्सन : हेलो, लाइफकेयर हस्पिटल।

पत्रकार : म चितवनको एम्बुलेन्स ड्राइभर हो। बिरामी ल्याउँदा कस्तो व्यवस्था हुन्छ भनेर।

रिसेप्सन : लिएर आउनुस्। बिरामी हेरेर ५ देखि १० हजारसम्म दिन्छम्।

पत्रकार : सधैं त्यहाँ ल्यायो भने कस्तो हुन्छ नि?

रिसेप्सन : सधैं ल्याउन थाल्यो भने बढाइदिँदै जानुहुन्छ।

पत्रकार : क्यास दिनुहुन्छ कि?………

रिसेप्सन : बिरामीको आफन्तले डिपोजिट नगरेको अवस्थामा एकदुई दिनपछि जान्छ। नत्र ल्याउने बेलामै दिन्छौं।

पत्रकार : राति आइपुगियो भने के गर्ने? रिसेप्सन बन्द हुन्छ होला?

रिसेप्सन : यहाँ आएर मलाई सोध्दा पनि हुन्छ। मेरो नाम जसना शाक्य। नत्र हाम्री देवश्री श्रेष्ठ दिदी हुनुहुन्छ। उहाँसँग कुरा गर्दा पनि हुन्छ।

https://soundcloud.com/annapurna-post/1-life-care-hospital

अन्नपुर्ण पोस्ट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१