सरकारको मूख्य काम जनताको सेवा गर्ने : मन्त्री सिंह

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२१ जेष्ठ २०७१, बुधबार १६:२७

काठमाडौँ,२१ जेठ । उपप्रधान एवम् संघीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले सरकारले आफ्ना काम कारबाही जनताको अपेक्षा अनुरुप नै अघि बढेको दावी गरेका छन् ।prakashman-singh-

नेपाल कमर्श क्याम्पसको स्वर्ण महोत्सवको बुधवार काठमाडौँमा उद्घाटन गर्दै मन्त्री सिंहले निर्वाचित सरकारसँग जनताका अपेक्षा  धेरै भएको र सबै दललाई मिलाएर अघि बढ्दा सरकारको काम गराईमा केही सुस्तता आएकाले जनताले काम भएको अनुभुति गर्न नसकेको वताएका हुन् ।

उनले भने,’यो सरकार विषम राजनीतिक अवस्थावाट निर्माण भएको निर्वाचित हो । सरकारको मूख्य काम जनताको सेवा गर्ने र संविधान निर्माण गर्ने हो । सरकार यो दायित्ववाट पछि हटेको छैन ।’

सरकार एक्लै अघि बढ्न सक्ने अवस्था नरहेको भन्दै सिंहले सवै पार्टीलाई नै मिलाएर अघि बढ्दा दैनिक कामकारबाही केही सुस्तता आएको वताए । सिंहले सवै दल एकजुट भएर निर्धारित समयमै लोकतान्त्रिक संविधान जारी गर्नु पर्ने वताए । सिंहले जनताको अपेक्षा अनुसार एक वर्षभित्रमा संविधान बनाउने गरी जिम्मेवार भएर अघि बढ्न दलहरुलाई आग्ह गरे ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१