पौड्यालको तादी किनारको गीत भाद्र ५ मा आउँदै

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३१ श्रावण २०७२, आईतवार १४:३१

माधव अधिकारी
काठमाडौँ  । साहित्यकार महेश पौड्यालको उपन्यास “तादी किनारको गीत” चाँडै बजारमा आउँदैछ । गोठाले किशोर साहित्य पाण्डुलिपि पुरस्कार २०७१ पाएको यस कृतिलाई भाद्र २०७२ को पहिलो साता बुकआर्ट नेपालले बजारमा ल्याउन लागेको हो ।
माझी समुदयको जीवनमा आधारित यो उपन्यासले काभ्रेको दोलालघाट र नुवाकोटको ढुङ्गेदेखि सेरा आसपास, र नादी नदीको किनार वरिपरिको परिवेशलाई समेटेको छ । काभ्रे र सिन्धुपाल्चोकका माझीको कथाव्यथा, रीति र परम्परा, वालविवाहको प्रचलन तथा समयसँगै उनीहरूको जीवनमा आएको परिवर्तनलाई उपन्यासले विषयवस्तु बनाएको छ । काभ्रेबाट विभिन्न प्रतिकुलताका कारण नुवाकोटतिर बसाइँ सर्न बाध्य माझीहरूका बालबालिकाहरूमा बालविवाहको प्रचलनले कस्तो मनोवैज्ञानिक असर पारेको छ भन्ने कुरा उपन्यासले केलाएको छ ।
समीक्षकको रुपमा चिनिएका पौडेल मूलतः आख्यानकार नै हुन् । उनका मौलिक कृतिको रुपमा प्रकाशित अधिकांश पुस्तक आख्यानकै हुन् । किशोरहरूको लागि भने उनको यो पहिलो नेपाली उपन्यास हो । अङ्ग्रेजीमा भने उनका यसअघि ६ वटा उपन्यास प्रकाशित भइसकेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१