किताव र लुगा सहयोग

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२१ जेष्ठ २०७१, बुधबार ०७:०८

संवाद डवली / काठमाडौ, २१  जेठ ।
काठमाडौमा केही समाजसेवीहरुले हुम्लाको पनि दुर्गम क्षेत्रका लागि किताव
र लुगा सहयोग गरेका छन् । उनीहरुले दुर्गम जिल्ला हुम्लाको अवस्था बुझेर
सो संकलन गरी हुम्ला पठाउन थालेका हुन् ।images
हाँस्य ब्यङ्ग्य लेखक मानिक राज शाक्यले मानवीय सेवा गरौ भन्दै काठमाडौमा
लुगा, किताब संकलन गरी एक चरण हुम्ला पठाई सकेका छन् । शाक्यका अनुसार
यसरी पठाइएका सामाग्रीमा ४५ कार्टुन किताव र ५८ बोरा लुगा रहेका छन् ।
सो सामाग्री हुम्ला जैरका कृष्ण रावतले बुझी नेपाली सेनाको सहयोगमा
सुर्खेत पु¥याई सकेका छन् । रावतका अनुसार उक्त सामाग्रीलाई नेपाली
सेनाकै सहयोगमा हुम्लाको जैर पु¥याई वितरण गर्ने योजना रहेको जानकारी
संवाद डवलीलाई प्राप्त भएको छ ।
हुम्लाका जानकारहरु भन्छन्, ‘पहिले नुन बाहेक हरेक कुरामा आत्म निर्भर
थियो ।’ उनीहरुको राय छ, संभावनालाई मारेर हुम्ला परनिर्भर हुँदै गएको छ,
यसलाई बेलैमा सच्याएमा सहयोगीहरुको सहयोग पनि ठिक ठाउँमा पुग्नेछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१