बरिष्ठ साहित्यकार राजेश्वर देवकोटाको निधन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२५ श्रावण २०७२, सोमबार ११:०८

काठमाडौं,२५ साउन  । वरिष्ठ राजनीतिज्ञ राजेश्वर देवकोटाको ८६ बर्षको उमेरमा निधन भएको छ । निमोनियाबाट पिडित देवकोटाको बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा  सोमबार विहान देवकोटाको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ  ।

उनको पार्थिव शरिरलाई विहान ११ बजे प्रज्ञाभवन कमलादीमा श्रद्धाञ्जलीका लागि राख्ने र पशुपतिस्थित आर्यघाटमा लगेर अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

वि.सं. १९८६ मा गोरखामा जन्मिएका देवकोटा  कवि, उपन्यासकार, निबन्धकार, एवम् राजनीतिक व्यक्तित्व हुन् ।

२००७ को जयतु सँस्कृतम् आन्दोलनको उनी एक योद्धा समेत हुन् । वीपी कोइरालासँगै कांग्रेसको संस्थापक सदस्य बनेका उनी पछि विपिसँग मत नमिलेपछि पार्टी परित्याग गरेर पञ्चायतको समर्थनमा लागेका थिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीमा पनि मत नमिलेपछि देवकोटा डेढ-दुई बर्षदेखि निष्कृय बसेका थिए ।

उनी नेपालका बरिष्ठ साहित्यकारको रुपमा पनि चिनिन्छन् । उनले मदन पुरस्कार र साझा पुरस्कार जस्ता प्रतिष्ठित पुरस्कार समेत पाएका छन् । ‘विश्वास’ नामक उपन्यास उनको पछिल्लो कीर्ति हो ।

नेपाली साहित्यमा लामो समयसम्म क्रियाशील उपन्यासकार राजेश्वर देवकोटाका औपन्यासिक कृतिहरूका बरेमा नेपाली समालोचकहरूद्वारा अनेकौ लेख, अध्ययन र अनुसन्धान गर्ने कार्य भएका छन् । देवकोटाले कविता, निबन्ध, आधादर्जन विचार प्रधान उपन्यास, र राजनीतिक लेख लेखेका भए पनि अधिकांश समीक्षकहरूले उनका उपन्यासलाई नै केन्द्र बनाएर विश्लेषण गरेका छन् तर जति उनले उपन्यासका क्षेत्रमा कलम चलाएर चर्चित हुनु पर्ने हो त्यति भएका छैनन्, उनी राजनीतिक पूर्वाग्रहका कारण राम्रा उपन्यास लेखेर पनि ओझेलमा परेका स्रष्टा मध्य पर्दछन  । विचार प्रधान उपन्यास लेख्ने र बिम्ब र प्रतीकका माध्यमबाट समाजको चित्रण गर्दै दार्शनिकता पनि अनुस्यूत गर्ने देवकोटाका उपन्यासमा पूर्वीय दर्शनको प्रभाव रहेको पाइन्छ । पूर्वीय सांख्य दर्शनका कोणबाट उनका उपन्यासको विश्लेषण भएको छैन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१