सञ्चारकर्मी महिलाको ज्यान गएपछि मणिपाल शिक्षण अस्पतालमा तनाव

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२० जेष्ठ २०७१, मंगलवार १९:५४

पोखरा, २० जेठ  ।पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा सुत्केरी महिलाको ज्यान गएपछि तनाव बढेको छ ।
कास्कीको हेम्जाकी २७ वर्षकी कोपिला भण्डारी कार्कीको शल्यक्रिया गरेर बच्चा निकालेपछि, पुनः शल्यक्रिया गर्ने क्रममा ज्यान गएपछि, अस्पतालको लापरवाहीले ज्यान गएको भन्दै आफन्तहरु विरोधमा उत्रिएपछि तनाव बढेको हो ।xpousbntaoaia
हेम्जाको रेडियो हेम्जामा कार्यरत कार्कीको सोमबारराती उपचारका क्रममा ज्यान गएको थियो । पहिलोपटकको शल्यक्रियापछि अत्यधिक रक्तश्राव भएपछि, चिकित्सकले प्लेटेलेट्स कम भएको भन्दै चार पोका रगत चढाएका थिए । स्वास्थ्यमा सुधार नआएपछि, दोश्रोपटक शल्यक्रिया गर्ने तयारी गर्दै गर्दा कार्कीको ज्यान गएको हो ।
कार्कीको निधन भएपछि आफन्तहरुले चिकित्सकको लापर्वाहीकै कारण सुत्केरीको ज्यान गएको भन्दै प्रदर्शन गरिरहेका छन् । आफन्त र पोखराका सञ्चारकर्मीहरुले घटनाको सत्यतथ्य छानविन र क्षतिपूर्ति दिनुपर्ने माग राखेका छन् । कार्कीको निधनपछि अचेत रहेका उहाँका श्रीमानको उपचार भैरहेको छ भने नवजात शिशुको अवस्था सामान्य रहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१