निजी बिद्यालयद्वारा वृक्षारोपण

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२० जेष्ठ २०७१, मंगलवार १३:१८

प्रविण अग्रवाल
रौतहट ,२० जेठ   । गौर स्थित ईन्टरनेशनल बाल एकेडमी विद्यालयले वर्षौ देखि बेवारीसे अवस्थामा रहेको बि.पि. चौक अर्थात मधेशी क्रान्ति चौक स्थित ऐतिहासिक पार्कको सरसफाई गर्दै वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । उक्त पार्कलाई व्यवस्थापण र वृक्षारोपण गर्न विभिन्न संघ संस्थाले प्रयास गरेपनि र गौर न.पा. स्वंयमले पनि वेवास्ता गरेपछि आई.बि.ए. नामक निजि विद्यालयले सो पार्कमा वृक्षारोपण गरेको छ । ईन्टरनेशनल बाल एकेडमी विद्यालयका विद्यार्थीहरुले गरेको वृक्षारोपण कार्य स्वागत योग्य रहेको स्थानियले बताएको छ । सो वृक्षारोपण कार्यक्रममा कक्षा ६, ७ र ८ का विद्यार्थी लगायत शिक्षक, स्थानिय सञ्चारकर्मी र स्थानीय वुद्धिजिविको सहभागि रहेको कुरा प्रधानाध्यापक संतोष पौडेलले बताएका छन् । विरुवा रोपेर मात्र होईन विरुवाको संरक्षण गर्नु ठुलो चुनौती रहेको कुरा स्थानीय राजदेवी दैनिकका प्रकाशक रामपुकार राउतले बताएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१