मलाई भोक भन्दा काम प्यारो लाग्छ : पिके शेर्पा

जिन्दगी एउटा संधर्षको मैदान हो, जसले यो मैदानमा संधर्ष गर्न सक्छ उसले जिन्दगीमा धेरै ठुलो उपलब्धि हासिल गर्न सक्छन् । हो यो कुरालाई धेरैले आफ्नो सिद्धान्त बनाएर पनि अगाडी बढिरहेका छन् । त्यहि भिडका एक व्यक्ति हुन पिके शेर्पा । जसले नेपालको पर्यटन विकासका लागि अनगिन्ती संधर्षका दिनहरु विताएका छन् । कयौ दिनहरु भोकै सुतेको देखी सगरमाथाको चुचुरोसम्म पुगेका उनका संधर्षले जो कोहि पनि सजिलै पग्लन सक्छन् । उनै पिके शेर्पासँग राष्ट्रिय खबर डटकमका सह—सम्पादक मनिष दाहालले गर्नुभएको कुराकानी :

pk sherpa (1)   १. अहिले के गरिरहनुभएको छ ?
अहिले म मिसन टुरिजम भन्ने पत्रिकाको अध्यक्षको रुपमा र पर्यटन सम्बन्धी सचेतना मुलक कामहरु गरिरहेको छु ।

२. कति भयो पर्यटन क्षेत्रमा लाग्नुभएको ?
१७/१८ बर्ष जति भयो यो क्षेत्रमा लागेको ।

३. यो क्षेत्रमा के गर्न आउनुभएको हो ?
मलाई बाल्य अबस्था देखी नै नेपालको धार्मिक, सांस्कृतिक, प्राकृतिक सम्पदाहरुलाई नजिकबाट चिन्ने र नेपालको अबस्था बारे थाहा हुँदैं गयो । त्यसपछि यहि क्षेत्रमा काम गर्ने हेतुले पर्यटन क्षेत्रलाई विकशित बनाउनका लागि यो क्षेत्रमा लागेको हुँ ।

pk sherpa (2)४. यो क्षेत्रमा लाग्दा कस्ता कस्ता दुख सँग सहयात्रा गर्नु पर्यो ?
यो क्षेत्रमा लाग्दा मात्र होइन हरेक क्षेत्रमा लाग्दा पनि दुख चाहि अबश्य गर्नुपर्छ । यो क्षेत्रमा लाग्दा हावा, हुरी लगायत सबै चिजलाई खप्दै हिड्नु पर्छ र प्राकृतिक सम्पदाहरु हेर्दा रमाइलो पनि लाग्छ । प्राकृतिक सौन्दर्यहरुले भोक मेटाउने पनि काम गर्छन । र जब म ताप्लेजुङको साघुँ गाँउबाट काठमाडौं छिर्दा मैंले कोहि पनि चिनेको थिए । काठमाडौं छिर्दा मैले सुरुमा पर्यटकहरुको भारी बोक्ने काम पाए । दिनभरी भारी बोक्दा त्यहि ८० रुपैयाँ जति आउँथ्यो । यो ८० रुपैयाँले मलाई कोठा भाडा सम्म तिर्न पुग्दैन थियो । त्यति मात्र होइन मलाई खान पनि पुग्दैंन थियो । पर्यटकहरुले दिएको केहि टिप्सहरु भने जोगाएर ल्याउने गर्थे र यसैले कलेजको फि तिर्नु पर्थ्यो । र त्यो पैसाबाट खान समेत नपुग्ने भएपछि मैंले केहि विद्यार्थीहरुई ट्यूबसन र प्रढशिक्षा पढाउने काम गर्थे । त्यति मात्र होइन म गलौचा कारखानामा काम पनि गर्ने गर्थे । यि र यस्ता धेरै दुख गरेको छु ।

५. गाँउमा रहदाँ चाहिँ के कस्ता दुख गर्नु पर्यो, घरको अबस्था कस्तो थियो नी ?
मेरो पारिवारिक अबस्था निकै कमजोर थियो । गाँउमा पढ्नु पर्छ भन्ने चेतना थिएन । बर्षमा एक महिना पनि स्कूल पुग्न गाह्रो हुन्थ्यो किनकी धेरै जसो पारिवारिक काम गर्नु पर्थ्यो । मैले घरमा बस्दा डोको बुन्ने, घुम बुन्ने र चोयाको सम्पुर्ण कामहरु गर्थे । सानै हुँदा पनि गोरु जोत्ने, बाउसे गर्ने, खन्ने, धान कोदो रोपाइ गर्ने, घाँस दाउरा, भाई बहिनीहरु हेर्र्ने, भान्सामा भात पकाउने देखी महिलाले गर्ने कामहरु पनि म सम्पुर्ण गर्थे ।

६. तपाईले सगरमाथा पनि चड्नु भएको छ ? त्यहाँका केहि दुखहरु भन्दिनु होस् न ?
म सगरमाथा चड्दा त्यहि ३३ बर्षको थिए होला । म सगरमाथा चड्दै गरेको बेला मैले त्यहाँको भिडियो र फोटो खिच्दै थिए र मेरो अक्सिजन सकिएको मलाई नै थाहा भएन र मलाई सास फर्ने नै निकै गाह्रो भएको थियो र त्यति बेला मैले जीवन र मृत्यु दुबैको दोसादमा पर्नु परेको थिए । र मैंले अर्कैको अक्सिजन खोसेर खाएको थिए । सगरमाथा चड्दाका पनि निकै दर्दनाक दुखहरु छन् ।

७. सगरमाथा चडिरहदाँ फर्केर आउछु भन्ने थियो की थिएन ?
मैले केहि सुरक्षा त अपनाएर नै गएको थिए तर ग्यारेन्टी चाहिँ हुदैंन थियो । म मर्न पनि सक्थे र बाँच्न पनि सक्थे किनकी त्यहाँ पुगेपछि के हुन्थ्यो भन्ने थाहा हुदैन थियो । सगरमाथा चड्दा बाँच्छु नै भनेर भन्न सकिदैंन । र मैले पनि त्यहि सोचेर चेडेको थिए । अर्थात यो भनौ जीवनको आहुती नै दिएर चडेको थिए ।

८. सगरमाथाको चुचुरोमा पुगेपनि कस्तो अनुभुती गर्नुभयो ?
एक पटक त मैंले संसार जितेको झै आभाष भयो र मलाई त्यति बेला देखी देशका लागि केहि गर्नु नै पर्छ भन्ने भान भयो । म सगरमाथाको चुचरोमा पुगेपछि मलाई म सगरमाथा भन्दा पनि अग्लो भएछु भन्ने लाग्यो । त्यसपछि सगरमाथाबाट झरेपछि मैंले एउटा के सोच बोके भने अब पर्यटन क्षेत्रको विकास गर्छु भन्ने लाग्यो र अहिले पर्यटन क्षेत्रको विकासका लागि हिडिरहेको छु । तर यहाँ काम गर्न भने जस्तो सजिलो छैंन यहाँ धेरै बाधा अडचनहरु छन् र म त्यसलाई चिरेर पनि अगाडी बढ्छु भन्ने लागेर अहिले यहि क्षेत्रमा संधर्ष गरिरहेको छु ।

pk sherpa (4)९. यो दिनसम्म आइपुग्दा कयौ दिन र रातहरु भोक भोकै सुतेको पनि याद छ ?
मलाई काम प्यारो लाग्छ र म कामकै पछाडी लागेको हुन्छु । धेरै पटक ट्रेकिङ्ग गर्दा खाना समेत पाएको थिइन । ३÷४ दिन सम्म खाना नपाएको पनि याद छ । अनि धेरै पटक विहान खाएको एक मुठी चिउराको भरमा पनि म बाँचेको छु । यस्ता धेरै दुखहरु छन् जुन शब्दमा भन्न सकिन्न । र मैले सामाजिक काम गर्दा पनि मैले आफु भोकै भएर पनि अरु अघाउनु पर्छ भन्ने लागेर कयौ दिनहरु भोकै सुतेको छु, म आफु दुखी भएर अरु खुसी हुनु पर्छ भन्ने लागेर सधै अरुलाई खुसी बनाउने काम गरेको छु । मैंले सामाजिक काम गर्दा पनि निकै धेरै दुख गरेको छु । सामाजिक काम गर्दा कयौ पटक भाडा नहुँदा हिडेर समेत पुगेको याद छ मलाई । म सधै आफ्नो लागि भन्दा पनि अरुको खुसी चाहने मान्छे हुँ । म सधै व्यक्ति, परिवार, समाज र राष्ट्रको लागि चिन्ता लिइरहेको हुन्छु ।

१० . तपाईले यतिका धेरै दुख गर्नु भएको छ । आखिर जिन्दगी के रहेछ तपाईको नजरमा ?
जिन्दगीलाई जसरी चलायो त्यसरी नै चल्छ । तर जिन्दगी जिउँने क्रममा देशका लागि केहि गर्नु पर्छ भन्ने चाहिँ हुनुपर्छ । पहिला सुरुमा आफुलाई म को हुँ भनेर चिन्नु पर्छ अनि मात्र अरुलाई चिन्न सकिन्छ । त्यसैंले मेरो विचारमा जिन्दगी एउटा संधर्षको मैदान हो जस्तो लाग्छ । र जिन्दगी एउटा चुनौती पनि हो र अवसर पनि हो ।

pk sherpa (3)११. अन्तत : अबका दिनमा के गर्ने सोच बनाउनु भएको छ ?
अबका दिनमा पर्यटन क्षेत्रमै केहि गर्ने सोचका साथ लागेको छु । मैंले सधै पर्यटन क्षेत्रलाई कसरी सुधार्न सकिन्छ भनेर छलफल, चिन्तत, मनन पनि गरिरहेको छु । मैंले सधै भन्ने गरेको छु पर्यटनको विकास राष्ट्रको निकास हुन सक्यो भने नेपालको पर्यटन क्षेत्रको पनि विकास हुनेछ । र सिंगो राष्ट्रलाई नै पर्यटन क्षेत्रले धान्न सक्छ । र यो विषयमा म मात्र होइन अब सबै लाग्नु पर्छ ।

आइतवार, साउन १७, २०७२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित सामाग्री