आक्रोश

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
६ श्रावण २०७२, बुधबार १२:१६

आक्रोश हे ! रक्त पिपाशु चुसकहरु हो,

शासक भनौदा कु-शासकहरु हो,

तिमीहरु बहालमा बसेर आहाल बनाउने नाथे औकातको भालेहरु ।

लोकमा रडाको मच्चाएको छौ,

कनिकुथी तिमीहरु आजकल ईज्जत खोजीरहेको छौ ।

आखिर किन ?

हे ! हिजोका रैती र प्रजाहरु हो,

जनता हुँदै नागरिक भएका मपाईत्वहरु हो,

तिमीहरु चाँही आहालमा बसेर बहाल बनाउने औकात बिहीन औकातका पोंथीहरु ।

मच्चिएको रडाकोको कनिकुथी तिमीहरु आजकल ती ईज्जतनै नभएका भालेहरुको बेईजत गरिरहेका छौ ।

आखिर किन ?

हे ! भाले र पोंथीहरु हो,

अब केही सोची देउ,

एक अर्का बिच मायाँ गर,

संभोग गर अनावश्यक मैथुन नगर राम्रो फसल देउ गर्भाधान गर ।

उत्पादन देउ,

मलजल गरि ठुलो, राम्रो र असल बनाई देउ ।

हे ! मालिकका पनि मालिकहरु हो,

नपुंसकहरुका सपुसंकहरु हो,

पुरानो कोट नयॉं हुँदैन, बरु टालो हालि देउ ।

नयाँ नेपाल चाहिंदैन ,

बरु, बरु एक आदर्श समाजको लागि प्रगति र समुन्नतीको लागि न्याय गरिदेउ ।

१९५० पूर्वको पुरानो भूगोल र शान्तीको लागि संबिधान बनाई देउ ।

पृथक छवि——–

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०