सहकारीमार्फत एक हजार घरधुरीमा शौचालयसँगै गोबर ग्यास निर्माण

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१६ जेष्ठ २०७१, शुक्रबार ११:४१

कैलाली ,१६ जेठ । कैलालीको बसौटी गाविसका स्थानीयले सहकारीमार्फत एक हजारभन्दा बढी घरधुरीमा शौचालयसँगै गोबर ग्यास निर्माण गरेका छन् ।शौचालयसँगै गोबर ग्यास निर्माण गरेपछि बसौटी गाविस खुला दिसामुक्त गाविस घोषणा हुने क्रममा रहेको सचिव सरस्वती बरालले जानकारी दिए । बरालका अनुसार कुल एक हजार ८० घरधुरी रहेको बसौटी गाविसमा एक हजार ५० घरधुरीमा गोबर ग्याससँगै शौचालय निर्माण गरिएका छन् ।गाउँका घरघरमा गोबर ग्याससँगै शौचालय निर्माण भएपछि गाउँ सफासुग्घर हुनुका साथै दाउराको बचत हुने गरेको स्थानीय वीरबहादुर चौधरीले बताए । उनका अनुसार शौचालय र गोबर ग्यास निर्माण गर्न सहकारीले सहुलियत ब्याजदरमा ऋण लगानी गरेको छ ।

पछिल्लो केही वर्षयता कैलालीमा सहकारीमार्फत गोबर ग्याससँगै शौचालय निर्माण हुने गरिएको छ । जिल्लाका भजनी, लालबोझी, थापापुर, खैलाड, रामशिखरझाला, पहलमानपुर, मसुरियालगायतका गाविसमा सहकारीमार्फत गोबर ग्यास निर्माण गरिएका छन् । रासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१