सार्वजनिक शौचालय नहुदा सेवाग्राही मर्कामा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ जेष्ठ २०७१, बिहीबार १०:५६

दीपक अनुरागी आचार्य
कपिलवस्तु, १५ जेठ  ।  जिल्लाको मुख्य व्यापारिक नाका भनेर चिनिने चन्द्रौटा बजारमा शार्वजनिक शौचालय नहुदा सेवाग्राही मर्कामा पर्ने गरेका छन् । हालै नेपाल सरकारले घोषणा गरेर नगरपालिका कोे मान्यतासम्म पाएको चन्द्रौटा बजारमा सार्वजनिक शौचालय नभएको हो । पछिल्लो समय बिकासको गतिमा अगाडि बढेको यो बजारमा नजिकैका छिमेकि जिल्लाका सेवाग्राहीको दैनिक जसो भिड हुने गर्छ । नेपाल भारत सिमा नाका कृष्णनगर पनि चन्द्रौटा देखि नजिक पर्ने हुनाले सेवााग्राहिको भिड हुने गरेको हो ।
“घर बाट बजार गर्न आयो तर सार्वजकि शौचालय छैन् का जानु” शिवगढी गा.वि.स.बाट इलाका प्रशासनमा नागरिकता बनाउन आएका खिमराज सापकोटाले गुनासो गरे ।
सार्वजनिक शौचालय नहुदा सिङ्गो शहर नै दुगन्धित भएको छ । उता जिल्लालाई आगामी २०१७ सम्ममा खुला दिशा मुक्त जिल्ला घोषणा गर्ने अभियान पनि चलिरहेको छ । तर जिल्लाको मुख्य शहरी क्षेत्रमा नै खुला दिशा मुक्त हुन नसकेको अवस्थामा यस्ले पनि खासै सार्थकता पाउने देखिएको छैन् । सरकारले सार्वजनिक शौचालय बनाउन भन्दै बजेट पनि नदिएको हैन् तर राजनैतिक खिचातानिको कारणले गर्दा आएको बजेट पनि भिज्र हुने गरेको सरोकारवालको भनाई छ । सार्वजनिक शौचालय बनाउने जग्गाको कमि हुनु, भएको जग्गामा बजारबासिले फोहर हुने भन्दै बनाउन नदिनु इत्यादि समस्या ले सार्वजनिक शौचालय बन्न नसकेको समाजसेवि विष्णु खतिवडाले बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१