मैले विवाह गर्ने केटा त पाएँ तर असल श्रीमान पाएको रहेनछु………….

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१७ असार २०७२, बिहीबार ११:१८

नारी करुणाकी धनी हुन्छिन् । भन्छिन् जुन घरमा नारी हुन्छिन् त्यो घरमा सुख शान्ति हुन्छ । तर हाम्रो नेपाली समाजमा नारीलाई नै विभिन्न अत्याचार गर्ने चलन हट्न सकेको छैंन । त्यो गरिब परिवारमा मात्र होइन एक सम्पन्न परिवारमा समेत महिलालाई अत्याचार गर्ने गरेको खबर बेला बखतमा बाहिर आइरहेको हुन्छ । त्यस्तैं एक महिला हुन् कला बजगाई । उनी सम्पन्न परिवारकै छोरी हुन् । पूर्वको झापामा जन्मिएकी कला पढाइको शिलशिलामा काठमाडौं आइन । पढाइको शिलशिलामै उनले नेपाल एयरलाइन्समा परिचालीकाको अवसर प्राप्त गरिन । कलाले  २०५२ देखि २०६४  सम्म १२ बर्ष नेपाल एयरलाइन्समा काम गरिन ।
भविष्यमा केहि गरेर देखाउँछु भनेर एक साहसी महिलाको उदारहण दिदैं आएकी कलाको जिन्दगीले एका एक नयाँ मोड लियो । हाल एन्फाका सह—महासचिव मणी कुँवर र उनको भेट करिब २०५८ मा   साथीको घरमा भएको थियो । पटक पटकको भेट पछी उनीहरुले एक अर्कालाई जीवन साथीको रुपमा छाने ।11667206_861802687260323_1946669198_n

कलाले विवाह हुने निश्चित भए पछी २०६० सालमा   मणिको आग्रह बमोजिम १४ लाख रुपैयामा टोयोटा गाडी पनि किनिदिएको बताउछिन  ।11714442_861802947260297_1155086604_n

उनीहरुको चिनजान दिनदिनहुँ अगाडी बढ्दैं गयो र करिब ३ बर्षसम्म प्रेममा रहेपछि उनीहरुले अन्तिममा २०६१ मा परिवारको सहमतिमा बिवाह गरे ।
उनीहरुको बिवाहलाई दुवै परिवारका सदस्यहरुले साथ दिए र उनीहरुको बिवाह राम्रैपनि भयो । बिबाह भएको केहि बर्ष त उनीहरुको सम्बन्ध सामान्य नै रह्यो तर कलाले मणी कुँवरलाई त्यतिबेला मात्र चिनिन जतिबेला उनीसंग मणीलाई स्विकार्नु भन्दा अरु कुनै विकल्प थिएन । उनले जेठी छोरी पेटमा हुदा अहिले बसिरहेको बबरमहलको घर किन्दा श्रीमान र परिवारको आग्रहमा आमाले आफुलाइ दिएको जग्गा बेचेर घरमा ३० लाख रुपैयाँ पनि दिइन ।

मणीले सधै कलालाई पैसा देउ न भनेर माग्ने गर्दर्थे । चोरका नौ दाउ भने झै उनी कलाको बैंकबाट पेसा झिक्न लाउँदा सेल्फ भनेर निकाल्न लगाउने गर्दथे । उनले श्रीमानको खुसिका खातिर पेप्सिकोलामा रहेको १० आना जग्गा बेचेर डिस्को खोल्न दिइन ।
कलाको कोखबाट  २०६३  मा जब जेठी छोरीको जन्म भयो तब देखी मणी कुँवर केहि पराई जस्तो ब्यबहार गर्न थाले । उनी परस्त्रीसंग रातभर फोनमा व्यस्त हुने अनि घर बाहिरै, सुत्ने कोठा पनि अलग बनाउने गर्न थाले । फोन गर्दा मोबाइल अफ गर्ने , हप्तामा ३ ,४ दिन हराउने जस्ता काम गर्न थाले ।
राष्ट्रिय खबरडटकमसँगको विशेष कुराकानीमा कलाले भनिन् मेरो कान्छि छोरी  २०६७  मा जन्मिएपछि मणी र मेरो बस्ने कोठा फरक भयो । हामी एउटै घरमा बसे पनि हामी फरक फरक कोठामा बस्न थाल्यौं ।

किन फरक फरक कोठामा बस्न थाल्नु भएको भन्ने हाम्रो प्रश्नमा उनी भन्छिन् मलाई मेरो कान्छि छोरी जन्मिएपछि उहाँ माथि शंका लाग्न थाल्यो । घर राती राती आउँने, राम्रोसँग नबोल्ने, कुट्ने र कयौ पटक मैले केटीहरुसँग कुरा गरेको देखेपछि म अलग भएर बस्न थालेकी हुँ । तर हाल म सोहि कोठामा बसिरहेको छु तर सोहि बेला मणी कुँवर भने अर्को कोठामा बस्न थाल्नुभयो । मैले छोरीको फि तिर्न पैसा माग्दा र सानी  छोरीलाई दुध किन्ने पैसा माग्दा उहाँले मुड्किले हानेर मेरो दाँत नै झारिदिनु  भयो ।

उनले गहँभरी आसु पर्दै भनिन श्रीमान र श्रीमतीमा हुने विश्वास नै नभएपछि हामी टाढिएर बसेका हौं । उहाँलाई केटीसँग कुरा गर्न म सँग बस्दा असजिलो हुने भएका कारण उहाँले सोहि घरको अर्को कोठामा बस्न थाल्नु भयो । अहिले म सोहि घरमा छु तर मणी कुँवर करिब ३ बर्षदेखी कहाँ हुनुहुन्छ मलाई केहि पनि थाहा छैंनन् । कलाले  भनिन् मैले उक्त घरको पानी नखाएको पनि ५ बर्ष भयो । करिब ५ बर्षदेखी छिमेकीको घरबाट पानी थाप्दैं आएकी कला अहिले न्यायको खोजीमा छिन् । मणी कुँवरसँग टाढा रहेर आफ्ना दुई छोरीहरुलाई उच्च शिक्षा दिने सोच बनाएकी कला अहिलेसम्म आफ्नै पैसाले छोरीहरु पढाउदैं गरेको बताउछिन् । उनीले रुदैं भनिन् मणी कुँवरले मलाई र मेरो छोरीलाई अतिनै ज्याजति गर्नुभएको छ ।
रडले हिर्काउने, पानी खान नदिने, मलाई मात्र होइन मेरो छोरीहरुलाई समेत ज्याजति  गर्नुभएको छ । उहाँ घरमा आउँदा छोरीहरु नजिक आए भने तिमिहरु नआउ मेरो कोठामा मलाइ डिसटर्व भयो भन्ने गर्नु हुन्थ्यो । आजकल त छोरीहरु पनि मामु राक्षस आयो भन्दै भाग्छन् म अवाक हुन्छु ।
उनले अगाडी भनिन् मणी कुँवरले म सँग होइन मेरो पैसासँग बिहे गरेको हो । मेरो १२ बर्षसम्मको कमाइ उसैले विभिन्न बाहानामा सिध्याएको हो । मेरो पैसाले क्लब टु थाउजेन नामक डिस्को, क्लिन इन्टरनेसनल र इक्र्वटर नामक मेनपावर कम्पनी पनि मेरो पैसाले किनेको हो र उहाँले उक्त तिनै वटा बेचेर खाइसकेको भन्ने थाहा पाएको छु ।
अहिले आफ्नो दुई छोरी पढाउदैं आएकी कला आफ्नो अदालतमा विचारधिन रहेको मुद्धा फैलासा भएपछि त्यसबाट आउँने अंशले आफ्नो छोरीहरुको पढाइ खर्च अरुसँग लिएको तिर्ने बताउँछिन् । तर मणी कुँवरले मलाई अझै १५ बर्ष झुलाउँछु भन्छ उनले अगाडी भनिन् म अदालतको निर्णयको पर्खाइमा छु ।
उनले अगाडी रुँदैं भनिन् भूकम्प गएपछि अरु राहत बाड्न गए तर मैले मेरो छोरीहरुको कपडा धुन इनारको पानी झिक्दा मणी कुँवरले मलाई फलामको डन्डिले हिर्काएर म निकै विरामी भएको थिए । मेरो पैसाले बिबाह हुनुभन्दा अगाडी करिब २०६० सालमा उसले गाडी किन्यो तर अहिलेसम्म त्यहि गाडी चढेर ऊ हिडिरहेको छ ।
मणी कुँवरको आमा बुबा, गणेश थापाको श्रीमती र मणी कुँवरकी माहिली दिदी मिनु अधिकारीले पनि बेला बखतमा पिट्ने, गाली गर्ने गरेको कला बताउँछिन् । मणी कुँवरको परिवारबाट समेत ज्याजति खपेकी कला अब न्यायको खोजीमा रहेको तर चाडैं न्याय पाउँने अवस्था भने मारिसकेको उनी बताउँछिन् । कुर्सीमा उसैका मान्छे भएका कारण अदालतमा विचाराधिन अवस्थामा रहेको मुद्दाले चाडैं ठाँउ पाउनु पर्ने र आफु अन्यायमा परेको हुनाले मणीलाई पनि कारवाहि होस् भन्ने चाहेको उनले रुदैं बताइन । उनले अगाडी भनिन् मलाई रडले पिट्दा मैले हनुमान ढोकामा लिखित जाहेरि दिदाँ मणीलाई हनुमानढोकामा लगिएको थियो तर मणी थापाको भिनाजु गणेश थापाको रोहबरमा छुटाएर लगे र मैले कुनै पनि न्याय पाउन सकिन् । र त्यसपछि पनि आफुलाई मणी कुँबरले कुट्न गरेको उनी बताउँछिन् ।
उहाँको खुसिमा मैले कहिल्यै सिमा लगाउन सकिन । तर उहाँको परिवार र उहाँबाटै पनि मेरो योगदानको कदर नै भएन । अब त छोरीहरु पनि ठुला भए । मैले पानी पनि इनारबाट झिकेर लुगा धुनु पर्छ त्यहाँ पनि सासु ससुराले ताल्चा लगाउने गर्दछन् । खाने पानी सपना मल्लको घरबाट लेराउने गरेको छु । छोरीहरुलाई बाहिर राखेर नुहाउन पनि लाज लाग्न थालीसक्यो अब त उनीहरु ठुला पनि भैसके ।
अस्ती भर्खरको कुरा सासु ससुराले इनारमा लगाएको ताल्चा मैले फोडिदिए त्यसपछि उहाँहरुले मणी कुवरलाई बोलाएर मलाई कुट्न लगाउनु भयो । फलामको डण्डि र लात्ति मुड्कीले हिर्काएको हुँदा अझ पनि राम्रोसंग निको भाको छैन त्यसको फोटो पनि छ म संग ।11667221_862332090540716_2082448777_n
म सहरमा छु । सम्पन्न परिवारकी छोरी बुहारी हुँ र पनि मैले यति पिडा सहनु परेको छ विकट गाँउहरुमा कस्तो अवस्था  होला जस्तो लाग्छ । मैले विवाह गर्ने केटा त पाएँ तर असल श्रीमान पाएको रहेनछु जस्तो आजकल महसुस गर्ने गरेको छु । उनी असल श्रीमान त रहेनन् असल पिता पनि बन्न सकेनन । के जन्माएका सन्तान प्रतिको उत्तरदायित्व आमाको मात्र हुने हो । खै यो समाज के रमिता हेर्छ ? यो कानुन कस्तो निर्णय गर्छ ? एउटी अबोला महिला माथि अर्की महिला किन जाइलाग्छे अनि यि पुरुषहरु आफुलाइ के सम्झन्छन् ?  यस्ता कुराहरु सम्झदा  कहिलेकाँही वाक्क लाग्छ ………………………………..

( कला बजगाई संगको कुराकानीमा आधारित कल्पना दंगालले तयार पारेको रिपोर्ट )

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१