गैडाटारमा फैलिएको हैजा महामारीको रुप लिदै

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
९ जेष्ठ २०७१, शुक्रबार ०९:००

प्रविण अग्रवाल
रौतहट, ९ जेठ । भर्खरै रौतहट आउनु भएका रौतहट जिल्लाका प्रमुख जिल्ला अधिकारी मदन भुजेल गैडाटारमा हैजाको महामारी झन बिकराल रुपमा बढदै जान थालेपछि प्रमुख जिल्ला अधिकारी भुजेलले चन्द्रपुर नगरपालिका वार्ड नं. २ गैडाटारमा तुरुन्त खानेपानीको ब्यबस्था गर्न सम्बन्धीत कार्यालयहरुलाइ निर्देशन दिएका छन । बुधबार सो क्षेत्रमा बिरामीहरुको अबस्थाबारे बुझन जाने क्रममा सम्बन्धीत कार्यालयलाइ यस्तो निर्देशन दिएका हुन । सो क्षेत्रमा खानेपानीको दिर्गकालीन ब्यवस्था गर्नको लागी बिभिन्न संघ संस्थाहरु संग समन्वय गरी काम गरिने प्रजिअ भुजेलले बताए । यसका साथ साथै जनचेतना मुलक कार्यलाइ अझ तिब्रता दिन सम्बन्धीत कार्यालयहरुलाइ प्रजिअ भुजेलले निर्देशन दिएका छन । सो क्षेत्रमा बिग्रीएर बसिरहेका अबस्थामा रहेका ३ वटा डिप टयूवेल लाई र्ममत तथा सफाइ गरी संचालनमा ल्याइने खानेपानी डिभिजन कार्यालय रौतहटले जनाएको छ । गैडाटारमा बिरामीहरुको अबस्था बुझन स्थानिय बिकाश अधिकारी बसन्तराज भण्डारी,जिल्ला जन स्वासथ्य अधिकृत राजेन्द्र पंडित, शसस्त्र प्रहरी उपरिक्षक बिरेन्द्रराज श्रेष्ठ, नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष शैलेन्द्र कुमार गुप्ता लगायतका हरु गएका थिए । बैशाख १६ गते देखी शुरु भएको झाडापखाला बिचमा केही दिन नियन्त्रणमा आएको भएपनि पुन जेठ २ गते देखी शुरु भएपछि सो क्षेत्रमा हैजाको महामारी चलेको छ जसको कारण जेष्ठ ५ गते सोही क्षेत्र मोरंगेकी १३ बर्षिया मैस्याङ सिंङतानको ज्यान समेत गएको थियो । जिल्ला जन स्वास्थ्य कार्यालयले गैडाटारको जनशक्ति माध्यमिक बिद्यालयमा २४ सै घण्टा स्वास्थ्य शिविर संचालन गरेको छ भने बिहीबार मात्रै सो शिविरमा २१ जनाले उपचार गराएका छन । जिल्ला खानेपानी डिभिजन कार्यालय रौतहटले पनि सो झाडापखाला प्रभाबित क्षेत्रमा जनचेतना फैलाउने उदेश्यले गाउ—गाउमा टोली खटाइ बिभिन्न किसिमका कार्यक्रमहरु गदै आइ्रहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०