आमाघर’लाई कारवाहीको सिफारिस

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
९ जेष्ठ २०७१, शुक्रबार ०८:३८

काठमाडौ, ९ जेठ ।  राष्ट्रिय मानवअधिकार आयोगले आमाघरबाट बालबालिकालाई अरुको घरमा श्रम गर्न पठाइएको भन्दै छानबिन गरी कारवाहीको सिफारिस गरेको छ । आमाघरको बिषयमा परेको उजुरीबारे छानबिन पछि आयोगले विहीबार प्रतिवेदन सार्वजनिक गर्दै आयोगले यस्तो निश्कर्ष निकालेको हो ।

आमाघरले अनुमति नलिई बालगृह सञ्चालन गरेको, त्यहाँ राखिएको ज्येष्ठ नागरिक र बालबालिकाको तथ्यांक नराखिएको, सरसफाईको राम्रो प्रबन्ध नभएको, घरेलु कामदारको रुपमा बालबालिकालाई अन्यत्र पठाइएको लगायत उजुरीबारे आयोगले छानबिन गरेको थियो ।

आयोगले आफ्नो अध्ययन अनुसार बालबालिकालाई श्रम गर्नको लागि आमाघरबाट अन्यत्र पठाइने गरिएको, आमागृहमा आश्रति बालबालिका तथा ज्येष्ठ नागरिकको तथ्यांक नराखिएको, आमाबाबु भएका बालबालिकालाई पनि आश्रयस्थलमा राखिएको लगायत तथ्य सार्वजनिक गरेको छ ।

‘अनुगमन टोलीले अनुगमन गरिरहँदा संस्थाबाट एक जना बृद्धा हराएको तीन दिनपछि कालीमाटीमा भेटिएको भनी प्रहरीले संस्थामा ल्याउँदै गरेको पाइयो’, आयोगको प्रतिवेदनमा भनिएको छ,’ती बृद्ध हराएको बारे आमाघर बेखबर रहेको पाइयो ।’

आमाघरकी सञ्चालिका दिलशोभा श्रेष्ठसँग आयोग टोलीले सोधपुछ गर्दा केही बालबालिकालाई अभिभावकले ल्याउने गरी लगेको, केहीलाई नातेदारकोमा पठाएको र केहीलाई धनी व्यक्तिको घरमा राख्न पठाएको भनी वयान दिएको प्रतिवेदनमा उल्लेख छ ।

‘बालबालिकाहरुलाई क्रिश्चियन धर्मको मात्र पुस्तक र प्रार्थनामा सहभागी गराउने गरिएकोबाट प्रचलित कानुन विपरीत धर्म परिवर्तन गराउने मनसाय राखेको देखिन्छ’, आयोगको प्रतिवेदनमा भनिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१