जम्बो टोलीको नेतृत्व गर्दै स्विजरल्याण्डको जेनेभा पुगे

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
६ जेष्ठ २०७१, मंगलवार ०७:११

काठमाडौं, ६ जेठ ।  स्वास्थ्यमन्त्री खगराज अधिकारी विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को ६७ औं साधारण सभामा भाग लिन असम्बन्धित व्यक्तिहरुको जम्बो टोलीको नेतृत्व गर्दै स्विजरल्याण्डको जेनेभा पुगेका छन् ।
सोमबार सुरु ६ दिने साधारण सभाका लागि आयोजकले राष्ट्रिय प्रतिनिधिका रुपमा तीनजनाको कोटा तोके पनि नेपाली टोली भने १६ सदस्यीय छ । टोलीका अधिकांश सदस्य असम्बन्धित विभागका निर्देशक,एमाले निकट चिकित्सक र कर्मचारी छन् ।
संगठनले नेपाली प्रतिनिधिमण्डलको प्रमुखका रुपमा स्वास्थ्यमन्त्री अधिकारी, स्वास्थ्य सचिव प्रविण मिश्र र नीति योजना तथा वैदेशिक सहयोग महाशाखाका प्रमुख तीर्थराज बुर्लाकोटीलाई विशेषज्ञको रुपमा मात्रै आमन्त्रण गरेको थियो । मन्त्रिपरिषदले पनि तिन जना मात्रै पठाउने निर्णय गरेको थियो । यस विपरित अरु १३ जना ‘ वैकल्पिक’ रुपमा गएका छन् । उनीहरुमध्ये अंिकासलाई ‘मन्त्रीको दवाबमा’ फरक फरक दार्त निकायको खर्चमा पठाइएको छ भनेर यो समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०