भुँईचालोको डर (कविता)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२८ बैशाख २०७२, सोमबार ११:३०

अब यो भुँईचालो भन्ने चिजको नसा पो लागेजस्तो छ ।

नआउँदा कस्तो कस्तो लाग्ने आउँदा नि कस्तो कस्तो लाग्ने ।।
घरको टुप्पामा बस्दा नि घर भत्किएर झरिएला भन्ने डर ।
फेदमा बस्दा पनि भत्केर थिच्ला भन्ने डर ।।
अब यो भुँईचालो भन्ने चिजको नसा पो लागेजस्तो छ ।
नआउादा कस्तो कस्तो लाग्ने आउँदा नि कस्तो कस्तो लाग्ने ।।
चौरमा बसौं भने पनि पानी पर्ला भन्ने डर ।
नबसौं भनेपनि आफ्नै ज्यानको डर ।।
अब यो भुँईचालो भन्ने चिजको नसा पो लागेजस्तो छ ।
नआउादा कस्तो कस्तो लाग्ने आउँदा नि कस्तो कस्तो लाग्ने ।।
जापानमा मात्र धेरै भुँईचालो जान्छ भन्ने सुन्थे ।
तर नेपालले जापानको रेकर्ड तोड्ला भन्ने छ डर ।।
अब यो भुँईचालो भन्ने चिजको नसा पो लागेजस्तो छ ।
नआउँदा कस्तो कस्तो लाग्ने आउँदा नि कस्तो कस्तो लाग्ने ।।
काठमाडौं छाडौ भनेपनि जागिर जाला भन्ने डर ।
नछाडौं भने पनि महामारी फैलिएर मरिएला भन्ने डर ।।
अब यो भुँईचालो भन्ने चिजको नसा पो लागेजस्तो छ ।
नआउँदा कस्तो कस्तो लाग्ने आउँदा नि कस्तो कस्तो लाग्ने ।।
न यता न उता कता जाउँ कता, नेपालमा बसौं भने भुँइचालोको डर ।
विदेश जाउँ भने ऋण लाग्ला भन्ने डर ।।
अब यो भुँईचालो भन्ने चिजको नसा पो लागेजस्तो छ ।
नआउँदा कस्तो कस्तो लाग्ने आउँदा नि कस्तो कस्तो लाग्ने ।।
अब त नआउला भने फेरि पनि आउँछ ।
यस्तै गर्दागर्दै भुँइचालोले नेपाल नै पो लग्ला भन्ने डर ।।
अब यो भुँईचालो भन्ने चिजको नसा पो लागेजस्तो छ ।
नआउँदा कस्तो कस्तो लाग्ने आउँदा नि कस्तो कस्तो लाग्ने ।।
भुँईचालो आउन्जेल मनभित्र डर ।
अब केहि दिन यसै गरि आइराख्यो भने बानी पर्ला भन्ने डर ।।
अब यो भुँईचालो भन्ने चिजको नसा पो लागेजस्तो छ ।
नआउँदा कस्तो कस्तो लाग्ने आउँदा नि कस्तो कस्तो लाग्ने ।।
– राजेश कुईकेल

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१