तीस आँखा रोगीको निःशुल्क शल्यक्रिया

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२ जेष्ठ २०७१, शुक्रबार ११:१९

इलाम,२ जेठ । इलामको सुलुबुङमा सञ्चालित निःशुल्क आँखा शिविरमा ६ सयभन्दा बढीले सेवा लिएका छन् ।

eyeमङ्गलबारदेखि सुरु भएको शिविरमा ५ सय ५० जनाभन्दा बढी आँखाका बिरामीको परीक्षण तथा ३० जनाको मोतिविन्दुको शल्यक्रिया गरिएको शिविर आयोजक संस्थाका अध्यक्ष इन्द्र फुयालले जानकारी दिए ।

आँखाका बिरामीलाई औषधिसमेत निःशुल्क उपलब्ध गराइएको छ । जिल्लाका मावु, माईमझुवा, सुम्वेक, बरबोटे, शान्तिडाँडा, सुलुबुङ, जमुना, प्याङ र माईपोखरीका आँखाका बिरामीलाई लक्षित गरी शिविर सञ्चालन गरिएको थियो ।

ग्रामीण सामुदायिक विकास केन्द्र इलामको आयोजना, मेची आँखा अस्पताल झापाको प्राविधिक सहयोग, लायन्स क्लब अफ विर्तामोडको प्रायोजनमा सञ्चालित चारदिने उक्त शिविरमा मेची आँखा अस्पतालका चिकित्सक शेषकान्त अर्याललगायतको ११ जनाको प्राविधिक टोलीले सेवा पुर्‍याएका थिए । रासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१