किन यस्तो भो (कविता)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
९ बैशाख २०७२, बुधबार १६:२१

इन्द्र प्रसाद गेलाल

के भो यो देशमा आज कसले गर्यो कस्तो अतिरन्जित यो |
लुच्चा निच फटाहालाई सफाई, सोझा साझालाई दण्डित भो ||

चार वर्ण छत्तीस जातको साझा फुलबारी यो हाम्रो देशमा
बिबिध जात किन दलित, जनजाति, मधेशी र पण्डित भो|
लुच्चा निच फटाहालाई सफाई, सोझा साझालाई दण्डित भो ||

हिमाल-तराई र मेची-महाकाली थियो एउटै नाम नेपाली,
सुन्दर शान्त बिशाल प्यारो देश टुक्रा टुक्रामा खण्डित भो|
लुच्चा निच फटाहालाई सफाई, सोझा साझालाई दण्डित भो ||

स्वतन्त्र स्वाभिमानी नेपाली जनता, गगनमा उड्ने पक्षी झैं
तिनै नेपाली बिना अर्थ आ-आफ्नै घरमा थुनिएर बन्धित भो|
लुच्चा निच फटाहालाई सफाई, सोझा साझालाई दण्डित भो ||

कस्तो खेल यो, कसले र किन खेल्दैछन आज हामी माथि
जता-ततै यस्तो फोहोरी खेलले सारा देश नै दुर्गन्धित भो|
लुच्चा निच फटाहालाई सफाई, सोझा साझालाई दण्डित भो ||

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१