कक्षा ११ को परीक्षा सुरु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१ जेष्ठ २०७१, बिहीबार ११:५३

भक्तपुर, १ जेठ ।  उच्च माध्यामिक शिक्षा परिषद्ले संचालन गरेको कक्षा ११ को परीक्षा बिहीबारदेखि सुरु भएको छ ।
जेठ १२ गतेसम्म संचालन हुने कक्षा ११ को परीक्षा देशभर शान्तिपूर्ण रुपमा सुरु भएको परिषद्का परीक्षा नियन्त्रक दुर्गा अर्यालले जानकारी दिनुभयो ।
कक्षा ११ को परीक्षामा देशभरबाट कुल ३ लाख ८३ हजार ४ सय ३ जना परीक्षार्थी सहभागी भएको उहाँले जानकारी दिनुभयो । देशभर रहेको ३ हजार ५ सय ९६ वटा उच्च माध्यामिक विद्यालयहरुबाट परीक्षार्थी सहभागि भएका छन् । परिषद्ले परीक्षाका लागि देशभर ९ सय ४६ वटा परीक्षा केन्द्र निर्धारण गरि परीक्षा संचालन गरेको छ ।
परीक्षाका लागि केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरिक्षक, सुरक्षाकर्मी, कर्मचारी, पर्यवेक्षक र पियन गरि कुल २८ हजार ९ सय ७८ जना जनशक्ति परिचालन गरिएको अर्यालले बताउनुभयो । गतवर्षको परीक्षा संचालनमा अनियमितता गरि कालोसूचीमा परेको परीक्षा केन्द्र र कर्मचारीलाई यसवर्ष परीक्षामा सहभागी नगराएको बताउँदै उहाँले परीक्षाका लागि करिब ५५ करोड रुपैयाँ छुट्याएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१