हुती बिद्रोही बिरुद्धको अभियान तुरुन्त आग्रह

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२७ चैत्र २०७१, शुक्रबार १४:२०

इरानका राष्ट्रपति हसन रुहानीले यमनमा हुती बिद्रोही बिरुद्धको अभियान तुरुन्त रोक्न यमन र साउदी अरब सरकारसँग  अपील गरेका छन् । हुती बिद्रोही बिरुद्धको अभियान गलत भएको भन्दै यसले कसैलाई फाइदा नपुग्ने प्रतिक्रिया उनले दिए । इरानमा सञ्चारकर्मीहरुसंग कुरा गर्दै रुहानीले हुती बिरुद्धको अभियान तत्काल रोक्नु पर्ने राय सुझाव पेश गरेका छन् ।

hutiसाथै रुहानी हुती बिद्रोहीलाई इरानले प्रशिक्षण दिइरहेको भन्दै इरान बिरुद्ध गलत प्रचार प्रसार गरेको भन्दै आपत्ती समेत जनाएका छन् । यमनमा हुती बिद्रोही र राष्ट्रपति समर्थकबीचको संघर्षमा सयौंको ज्यान गएपछी सउदी अरबको गठबन्धन सेनाले हुती बिद्रोहीबिरुद्ध अभियान थालेको हो । जसका लागि अमेरिकाले हतियार उपलब्ध गराउने निर्णय गरिसकेको छ । यमनमा जारी संघर्षका कारण सयौंको ज्यान गइसकेको छ भने हजारौं नागरिक पलायन भइसकेका छन् ।
एजेन्सी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१