इस्लामिक विरुद्व क्यानडाको हवाई आक्रमण सूरु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२६ चैत्र २०७१, बिहीबार १०:४३

एजेन्सी । सिरियामा सक्रिय इस्लामिक व्रिद्रोही समूह आइ एस विरुद्व क्यानडाले हवाई आक्रमण सूरु गरेको छ । अमेरिकीे नेतृत्वको गठबन्धनलाई सहयोग गर्दै क्यानडाले हवाई हमला सुरु गरेको बीबीसीले जनाएको छ । अमेरिकी सेनाका अनुसार राक्वा नजिक रहेको गरिसन शहरमा हवाई हमला सूरु गरिएको छ । hawaiक्यानडा सरकारले गत मार्चमा आतंकबादी समूह आइ एस विरुद्व अभियान सुरु गर्ने सम्झौता गरेको थियो । यसअघि क्यानडाले आफ्नो हवाई आक्रमण इराकसम्म मात्र सिमीत राखेको थियो । क्यानडाले विद्रोही समूह विरुद्वको कारवाही सन् २०१६ सम्मका लागि विस्तार गरेको छ । अमेरिकाले गत सेप्टेम्बरवाट आइ एस विरुद्वको हवाई हमला सुरु गरेपछि क्यानडाले पनि सो अभियानलाई सहयोग गर्ने सम्झौता गरेको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१