मानवीय सहायता पहुँचको माग

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२५ चैत्र २०७१, बुधबार १०:४६

kkkएजेन्सी । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले सिरियाको दमास्कसमा रहेको प्यालेष्टाइनी शरणार्थी शिविरसम्म मानवीय सहायता पहुँचको माग गरेको छ । दमास्कसस्थित यार्मौक शिविरिमा रहेका १८ हजार प्यालेस्टाइनी शरणार्थी र मानवीय संकटमा परेको भन्दै सहायताका लागि पहुँच दिन परिषद्ले आग्रह गरेको हो । सो शिविरमा खाद्यान्न, खानेपानी तथा औषधी अभाव रहेको तथा सरकार र आइएसको आक्रमणरप्रत्याक्रमण जारी रहेकाले मानिसहरु घरबाट बाहिर निस्कन नसकेको बताइएको छ ।
इस्लामिक स्टेट आइएसले एक सातायता आक्रमण जारी राखेपछि सो क्षेत्रमा संकट बढेको राष्ट्रसंघले जनाएको छ । सिरिया सरकारको कारवाहीविरुद्ध आइएसले यार्मौकमा आक्रमण तीब्र पारेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०