एनआरएन अमेरिकाको समग्र बिकासको लागि म योग्य छु : गणेश कुँवर (अध्यक्षका प्रत्यासी)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२४ चैत्र २०७१, मंगलवार १४:०५

अमेरिका,२४ चैत । आसन्न एनआरएन अमेरिकाको निर्वाचनमा अध्यक्षको रुपमा उम्मेद्वारी दिनुभएको गणेश कुँवरले एनआरएन अमेरिकाको सस्थागत बिकास र परिवर्तन नै आफ्नो मुख्य एजेण्डा भएको बताउनुभयो। स्थानिय सामाजिक अगुवा एवं भर्खर एनआरएन अमेरिका, क्यालिफोर्निया च्याप्टरको उपाध्यक्ष पदमा निर्बिरोध निर्बाचित तर घोषणा हुन बाँकी राम पाण्डेको संयोजनमा आयोजना गरिएको भेटघाट कार्यक्रममा उहाँले उक्त धारणा राख्नुभएको हो। अध्यक्षको उम्मेदवार कुँवरले ब्यंग्य गर्दै आफु अरु प्रत्यासी भन्दा उमेरमा सानो भए पनि एनआरएन अमेरिकाको समग्र बिकासको लागि आफुमा प्रचुर योग्यता र क्षमता भएको दाबी गर्नुभयो । उमेरमा सानो भएर नै होला ,एनआरएन अमेरिकाको सानो सानो समस्याहरु पहिला हल गर्ने आफ्नो सोच भएको भनाइ राख्दै , दबाब दिएर होइन सस्थाप्रती आकर्षित गराएर धेरै सदस्यहरु बनाउने आफ्नो प्राथमिकता रहको बताउनुभयो।

ganeshअहिले अन्य प्रत्यासीहरुले उठाउदै आएका दोहोरो नागरिकता,दोहोरो कर ,एकचोटीको नेपाली सधैंको नेपाली जस्ता एजेण्डाहरुमा एनआरएन आइसिसीले ब्यापक अभियान र बहस चलाऊदै आएको हुनाले अहिले आफ्नो प्रमुख उदेश्य भनेको जग देखीनै एनआरएन अमेरिकालाई सस्थागत रुपले बलियो पार्ने एब हरेक तह र तप्कामा आबद्द नेपालीहरुको सस्था बन्न सकोस भन्ने आफ्नो चाहना रहेको बताउनुभयो। आफु आइटी इन्जीनियर र बिगत दशौ बर्ष देखी अमेरिकाको कर्पोरेट समुहमा काम गरेकोले,यि अनुभवहरुलाई एनआरएन अमेरिकाको सस्थागत बिकासमा प्रयोग गरेर सदस्यहरुलाई अधिकतम लाभ दिने सोचाइ भएको बिचार ब्यक्त गर्नुभयो।उहाले आफ्नो कुनै प्यानल नभएको दाबी गर्दै आफुलाई बिजय गराउन उपस्थित सबैलाई आग्रह गर्नुभएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१