एडेनमा विद्रोही समूह हुथीले आफ्नो पकड बलियो बनाउँदै

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२३ चैत्र २०७१, सोमबार ११:०४

yamanएजेन्सी । यमनको मुख्य शहर एडेनमा विद्रोही समूह हुथीले आफ्नो पकड बलियो बनाउँदै लगेको छ । साउदी अरब नेतृत्वको गठबन्धन सेनाको हवाई आक्रमणका बाबजुत एडेनमा हुथीले आफ्नो पकड बलियो बनाउदै लगेको बीबीसीले जनाएको छ । पछिल्लो दुई साता यता जारी संघर्षमा करिव १ सय ९५ जनाको मृत्यु हुनुका साथै १ हजार बढी घाईते भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । यमनमा हिंसा बढेसंगै विभिन्न मुलुकले त्यहाँबाट आफ्ना नागरिकको उद्धार कार्यलाई तिव्र बनाएका छन् । रेडक्रसले यमनी नागरीकलाई सहायता स्वरुप हेकिप्टरवाट राहत वितरण कार्य समेत सुरु गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१