एनआरएन अमेरिकामा मेरो उम्मेद्वारी यस कारण : विष्णु मान प्रधान

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२३ चैत्र २०७१, सोमबार १०:३०

अमेरिका,२३ चैत । आसन्न एनआरएन अमेरिकाको निर्वाचनमा यति बेला आफ्नो उम्मेद्वारी दिने क्रम व्यापक रुपमा बढ्दैं गएको छ । त्यहि क्रममा बोर्ड अफ डाईरेक्टर पदमा विष्णु मान प्रधानले आफ्नो उम्मेद्वारी दिएका छन् । ठुला ठुला पदको मोह नराखी सोहि पदमा रही काम गर्ने इच्छा व्यक्त गरेका उनले एनआरएन अमेरिकालाई एक सशक्त सस्था बनाउने सोचमा रहेका छन् । नेपालीहरु बीच भएको बिभिन्न जातिय, धार्मिक, राजनैतिक, सांस्कृतिक विविध्तालाई एकताको मालामा गाँसेर प्रवासमा हामी नेपाली एक हौं भन्ने भावना जगाउने उद्येश्यले आफ्नो उम्मेद्वारी दिएको उनी बताउछन् ।

एनआरएन अमेरिकाको निर्वाचनमा बोर्ड अफ डाईरेक्टर पदमा उम्मेद्वारी दिएका विष्णु मान प्रधानको अमेरिकाबासी नेपालीहरुमाझ अपिल !

bishnu man“युवाको आगमन, एनआरएनको जागरण”

आदरणीय अमेरिकाबासी दाजुभाई-दिदीवहिनीहरु, पत्रकारज्युहरु , शुभचिन्तक मित्रहरु  तथा मेरा प्यारा मतदाता सदस्यज्यु हरुमा नयाँ बर्ष २०७२  सालको हार्दिक मंगलमय शुभकामना साथै हार्दिक नमस्कार ।

सर्ब प्रथम, गतबर्ष यहांहरुले मलाई अत्याधिक बहुमतले निर्वाचित गराउनु भएकोमा म अन्तर आत्मैदेखि हार्दिक धन्यवाद दिन चाहन्छु।
आगामी अप्रिल १६ देखि २० तारिख सम्म सम्पन्न हुन गईरहेको एनआरएन, अमेरिकाको निर्वाचनमा १० जना सदस्य रहने बोर्ड अफ डाईरेक्टर पदमा गत ९ महिने कार्यकाल समय  अभावको कारण धेरै कार्य हरु अपुरो भएकोले फेरी सोहि पदमा रही आफ्नो कार्य निरनतरता  दिनकालागि  म  एउटा शसक्त युवा उम्मेद्वारको रुपमा यहाँहरु समक्ष प्रस्तुत भएको छु । म न्युयोर्क निवासी विष्णु मान प्रधान, एक मात्र सदस्य जसले ठुला ठुला पद को मोह नराखी सोहि पदमा रही काम गर्ने इच्छा गरेको छु । यहाँहरुको आफ्नो अमुल्य एक भोट मलाई दिई आगामी कार्यकाल निरन्तरता गर्नका साथै एनआरएन अमेरिकाको सेवा गर्ने मौका प्रदान गरिदिन हुन आशा र विश्वासका साथ हार्दिक बिनम्र अनुरोध गर्दछु ।

मेरा चुनावी प्रतिबद्धताहरु :
१) हामी नेपालीहरु बीच भएको बिभिन्न जातिय, धार्मिक, राजनैतिक, सांस्कृतिक विविध्तालाई एकताको मालामा गाँसेर प्रवासमा हामी नेपाली एक हौं भन्ने भावना जगाउने कार्यहरु गर्ने ।
२) एनआरएन, अमेरिकालाई बिभिन्न नेपाली संस्थाहरुको छाता संगठन बनाउन पहल गर्ने ।
३) हामी प्रवासमा स्थायी रुपमा बसोबास गर्ने नेपालीहरु नेपाल सरकारको परिभाषामा स्वतः रुपमा एनआरएन हौ, त्यसैले हामी सबै आधिकारिक रुपमा एनआरएन, अमेरिकाको सदस्य बन्नु पर्छ भन्ने जनजागरण ल्याई यथासक्य सदस्यता संख्यालाई अत्याधिक बनाउन लागि पर्ने ।
४) निमार्णधिन संविधानमा नागरिकताको निरन्तरता गर्न र दोहोरो कर प्रणाली समस्या समाधान गर्न   सम्बन्धित पक्ष र सरोकारवालाहरुसँग आवश्यक वार्ता गर्न गराउन हरपल लागिपर्ने।
५) प्रवासी नेपालीहरुलाई नेपालमा नेपालीबासी सरह सम्मान र इज्जतका साथ आर्थिक र सामाजिक अधिकारको सुविधा प्राप्त गर्न पहल गर्ने ।
६) अमेरिकाभरी एनआरएनको च्याप्टर विस्तार गर्न लागि पर्ने ।
७) एनआरएन, अमेरिकाको विधानले दिएको बोर्ड अफ डाईरेक्टरको अधिकार क्षेत्रभित्र रहि संस्थाको साथै नेपाल र नेपालीको हितको लागि काम गर्ने ।
८) अमेरिकामा नेपाली समुदायका बिभिन्न कला, संस्कृति, भाषा, भेषभुषा, संरक्षण र प्रर्वद्धन गर्नका लागि सहयोग पुर्याउने र नेपालीको पहिचन बढाउन पहल गर्ने ।
९)  एनआरएन, अमेरिकालाई बिधान सम्मत बैज्ञानिक प्रणालीमा अगाडी बढाउने ।
१०) एनआरएन, अमेरिकालाई गैर राजनैतिक, गैर जातिय, नेपाली–अमेरिकनहरुको बिशुद्ध सामाजिक संस्था         बनाउन हरपल जोडदार रुपमा लागि पर्ने ।
११)  एनआरएन, अमेरिकाको बोर्ड मिटिङ्ग र बिभिन्न कार्यक्रमहरुमा जायज एजेण्डा र कार्यक्रमहरुलाई पूर्ण समर्थन गरी सहयोग गर्ने ।
१२) नवनिर्वाचित एनआरएन, अमेरिकाका नेतृत्वलाई आफ्नो पदिय हैसियत अनुसार आवश्यक सहयोग गर्नुका साथै नकरात्मक कार्य गर्न लागेमा खबरदारी गर्ने ।
१३) हाल संसोधन गरिएको एनआरएन, अमेरिकाको विधानलाई आगामी दिनमा अझ सुधार गरि संसोधन गर्न पहल  गर्ने ।
१४) नेपालमा बैदेशिक व्यापार लगानी तथा पर्यटन व्यावसायको प्रर्वद्धन र विकास गर्न पहल गर्ने ।
१५) संस्थाको उद्देश्य प्राप्तिको लागि युवा जागरण ल्याउने ।
१६) सम्भव भए सम्म भविष्यमा अमेरिका–नेपाल सीधा उडानको लागि एनआरएन, आईसीसी मार्फत  कुटनैतीक पहल गराउन कोसिस गर्ने ।
१७) संस्थाको आर्थिक पारदर्शिता चुस्त र दुरुस्त पार्नको लागि आवश्यकीय सहयोग गर्ने ।

अन्तमा, यहाँहरु सबै लाई पुन एक पटक हार्दिक धन्वाद दिन चाहन्छु । मलाई यसपटक पनि  आफ्नो अमुल्य एक मत दिई एनआरएन, अमेरिकाको बोर्ड अफ डाईरेक्टरमा निर्वाचित गराउनु भएमा म संस्थाको विधान अनुसार आफ्नो पदिय हैसियतले आगामी दिनमा अझ उल्लेख्यनीय भूमिका निर्वाह गर्ने प्रण गर्दछु ।
 
जय एन आर एन !!!
 विष्णु मान प्रधान
उम्मेद्वार
बोर्ड अफ डाईरेक्टर
एनआरएन, अमेरिका
फोन नं. :  ३४७ ५७१ ३६४८

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०