आईसीसी सदस्यहरुको चरम विवादका कारण अन्तिम सुची प्रकाशनको म्याद अझै अनिश्चित

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२२ चैत्र २०७१, आईतवार १६:५२

अमेरिका,२२ चैत । गएको शुक्रबार अर्थात अप्रिल ३ मा एनआरएन अमेरिकाको आसन्न निर्वाचनका लागी उम्मेदवारी दिएकाहरुको अन्तिम सुची प्रकाशित गर्ने चुनावी कार्यतालिका रहेपनि एनआरएन आईसीसी सदस्यहरुमा उम्मेदवारी दिनेहरुको योग्यताका बारेमा भइरहेको विवादका कारण यसको म्याद केही थपिनसक्ने एनआरएन अमेरिकाका प्रमुख निर्वाचन आयुक्त विनोद रोकाले जानकारी दिनुभएको छ । खबरका अनुसार भोलीसम्ममा उक्त सुची प्रकाशित हुने पनि बताइएको छ । एनआरएन अमेरिकाका प्रमुख निर्वाचन आयुक्त विनोद रोकाका अनुसार एनआरएन अमेरिकाको निर्वाचनमा उम्मेदवारी दिनेहरुको अन्तिम सुची तोकिएको समयमा प्रकाशित गर्न कुनै समस्या नरहेको बताए ।उहाँका अनुसार आईसीसी सदस्यका लागि उम्मेदवारी दिनेहरुको अन्तिम सुची प्रकाशित हुनमा ढिलाई हुन सक्ने पनि जानकारी दिए ।

imagehelperएनआरएन एनसीसीमा एक कार्यकाल पूरा नगरेको व्यक्ति आईसीसी सदस्यमा उम्मेदवार बन्न पाउने वा नपाउने भन्ने विवाद टुंगो नलागेका कारण उम्मेद्वारहरुको अन्तिम सुची प्रकाशन गरिने निर्वाचन आयुक्त विनोद रोकाले जानकारी दिनुभयो । निर्वाचन आयोगका तर्फबाट यसबारे स्पष्ट पार्नका लागि एनआरएन आईसीसीलाई पत्राचार गरिएपनि स्पष्ट जवाफ प्राप्त नभएको प्रमुख निर्वाचन आयुक्त विनोद रोकाले जानकारी दिनुभएको छ । एनआरएन आईसीसीको नेपाली भाषाको विधानमा एनसीसीमा एक कार्यकाल पूरा गरेको व्यक्तिमात्र आईसीसीमा उम्मेदवार हुन पाउने लेखिएपनि अंग्रेजी भाषाको विधानमा स्पष्ट लेखिएको छैन । अर्कोतर्फ दर्ता भएका साधारण सदस्यताको कार्यकाल हो वा कार्यसमितिको कार्यकाल हो भन्नेबारे पनि स्पष्ट छैन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१