केन्यामा तीन दिने राष्ट्रिय शोकको घोषणा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२२ चैत्र २०७१, आईतवार ११:४६

gggएजेन्सी । केन्याको गारिसा शहरस्थित एक विश्वविद्यालयमा भएको आतंकवादी आक्रमणपछि त्यहाँको सरकारले तीन दिने राष्ट्रिय शोकको घोषणा गरेको छ । राष्ट्रपति उहुरु केन्याटाले तीन दिने राष्ट्रिय शोकको घोषणा गर्नुभएको हो । शोक अवधिभर मुलुकको झण्डा आधा झुकाइने बताइएको छ । विद्रोही संगठन अल शबाबले विहिबार गरेको सो आक्रमणमा विश्वविद्यालयका करिव १ सय ५० विद्यार्थीको मृत्यु भएको थियो । राष्ट्रपति केन्याटाले मृतक तथा घाईते विद्यार्थीका परिवारलाई सरकरले सक्दो सहयोग प्रदान गर्ने प्रतिबद्धता समेत जनाउनुभएको चीनीया समाचार संस्था सिन्ह्वाले जनाएको छ । आक्रमण पश्चात शंकास्पद ५ जनालाई हिजो पक्राउ गरिएको सुरक्षा अधिकारीहरुले बताएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०