एनआरएन अमेरिकाका ७ उम्मेदवारको प्रमाणिकरण हुन सकेन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१९ चैत्र २०७१, बिहीबार १०:५७

nrn_icc20140926001010101अमेरिका,१९ चैत । एनआरएन अमेरिकाको निर्वाचनका लागि १ सय ७३ जनाको उम्मेदवारी दर्ता भएपनि ७ जना उम्मेदवारहरुको प्रमाणिकरण अझै बाँकी रहेको एनआरएन अमेरिकाको निर्वाचन आयोगले जनाएको छ । झण्डै दुईदर्जन उम्मेदवारहरुको प्रमाणिकरण बाँकी रहेपनि त्यो संख्या घटेर सातमा झरेको हो । प्रमाणीकरण हुन बाँकी रहेकाहरुले मार्च ३१ को न्युयोर्क समय अनुशार दिउसो १ बजेसम्म थप कागजपत्र नबुझाए उनीहरु उम्मेदवारका लागि अयोग्य हुने निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन अयोगले प्रकाशित गरेको सुचना अनुशार प्रमाणिकरण हुन बाँकी रहेका उम्मेदवारहरुमा टेक्सास राज्यको बोर्ड सदस्यमा उम्मेदवारी दिएका भरत देवकोटा, न्यु ह्याम्सायर राज्यको कोषाध्यक्षमा उम्मेदवारी दिएका मुक्ती नारायण राई , आईसीसी सदस्यमा उम्मेदवारी दिएका राजेश कर्माचार्य, एनसीसी सचिवमा उम्मेवारी दिएका राजु बस्नेत, कनेक्टिकट राज्य अध्यक्षमा उम्मेवारी दिएका रामप्रसाद ओझा, नर्थ क्यारोलिना राज्य अध्यक्षमा उम्मेदवारी दिएका रेवतीराज अधिकारी र राज्य नखुलेको महिला कोअर्डिनेटरमा उम्मेवारी दिएका थर नखुलेका छिरिङ रहेका छन् ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१