पुस्तक व्यवसायी र निजि विद्यालय बिचको फोहरी खेल

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२३ बैशाख २०७१, मंगलवार ०९:३९

प्रविण अग्रवाल,रौतहट २३  वैशाख  । रौतहटमा संचालन विद्यालय बिचको विद्यालयका संचालक र निजि विद्यालयका पुस्तक बिक्रि गर्ने पुस्तक व्यवसायी बिचको फोहरी खेलमा विद्यार्थीका अभिभावक अल्झिने गरेको कुराको खुलासा भएको छ । हरेक वर्ष निजि विद्यालयहरुले आ आफ्नो स्कूलमा हरेक कक्षाको पुस्तक फेर्ने कारण शिक्षा लाई गुणस्तरीय बनाउनु नभई कमिश्न अशुली गरी आफ्नो खल्ती तताउनु रहेको कुरा प्रकासमा आएको छ ।

रौतहटमा संचालित निजि विद्यालयहरुले बैशाखमा नयाँ भर्ना सम्बन्धी प्रचार प्रसार शुरु गरे लग्तै पुस्तक बिक्रेताहरु विद्यालय संचालकको स्कूल देखि घरसम्म कुदन शुरु गर्ने गरेका छन् । बिक्रेताद्धारा भनिएकै प्रकाशनको किताब सम्बन्धित विद्यालयले पठनपाठन गर्न गराउनका लागि तयार भएपनि आफ्नो प्रकाशनको किताब विद्यार्थीलाई आपुर्ति गर्न नसक्दा किताब नै छैन भनी फर्काउने गरेको कुरा गौरमा रहेको एक निजि विद्यायको प्राचार्य बताउछन् । निजि विद्यालयका पुस्तक व्यवसायीले निजि विद्यालयलाई आफ्नो फर्मबाट सम्बन्धित विद्यालयको सम्पूर्ण किताब बिक्रि वितरण गराउन विद्यालय संचालकलाई विभिन्न किसिमको प्रलोभन तथा उपहार दिने गरेको कुरा बुझ्न आएको छ ।
पुस्तक व्यवसायी र निजि विद्यालयका संचालक बिच कुराकानी मिलेपछि विद्यार्थी संख्या हेरी पुस्तक व्यवसायीले निजि विद्यालयका संचालकलाई ४० हजार देखि ७० हजार सम्म को कमिश्न दिने गरेको सदरमुकामका एक पुस्तक विक्रेताले बताएका छन् । २ सय ५० जना भन्दा तल विद्यार्थी रहेको विद्यालयले ३० हजारको हराहारीमा पुस्तक विक्रेतासंग कमिश्नको रकम असुल्ने गरेको छन् भने २ सय ५० देखि ५ सय विद्यार्थी हुने विद्यालयले ५० देखि ६० हजार सम्म कमिश्न असुल्ने गरेको छन् । त्यस्तै ५ सय भन्दा बढि विद्यार्थी भएका विद्यालयले ७० देखि ७५ हजार सम्म कमिश्नको रकम लिने गरेको श्रोतको दाबि रहेको छ ।
निजि विद्यालयका किताब उत्पादन गर्ने कम्पनिले किताब विक्रेतालाई प्रिन्ट गरेको मूल्य भन्दा ३० देखि ४० प्रतिशत सम्म छुट दिने गरेका छन् भने उच्च प्रतिस्पर्धा भएको बेला बजारमा भर्खर खुट्टा टेकेका उत्पादकहरुले आफूलाई बजारमा स्थापित गर्न ५० प्रतिशत सम्म छुट दिने गरेका छन् त कतिपय नया प्रकाशनहरुले आफ्नो उत्पादनलाई बजारमा चिनाउन पुस्तक तयार गर्न लाग्ने रकम मात्र लिने गरेको किताब प्रकाशन गर्ने एक उद्योगीले बताएका छन् । यती मात्र नभई पुस्तक विक्रेताले विद्यालयका संचालकलाई आफ्नो फन्दामा फसाउन रकमी चलखेलको अलावा मँहगो भोज तथा मदिरा को समेत आयोजना गरेका छन् ।
यसरी पुस्तक विक्रेता र विद्यालयका संचालकद्धारा खेलिएको फोहरी खेलको प्रत्यक्ष घाटा अभिभावकले व्यहोर्नु परेको देखिन्छ । पुस्तक व्यवसायीले उपभोक्तालाई १० प्रतिशत मात्र छुट दिन पुस्तक व्यवसायी संघको निर्णय रहेको भन्दै १० प्रतिशत छुट दिने गरेका छन् भने पुस्तक व्यवसायी र विद्यालय संचालक बिचको फोहरी खेलमा अभिभावक चर्को रकम तिर्न बाध्य देखिन्छन् । यस्ता फोहरी खेल खुल्याम भइरहेकोले सम्बन्धित पक्ष र अभिभावक एक जुट भई कडाईका साथ नियन्त्रण गर्नु जरुरी रहेको विद्यार्थीका अभिावकहरु बताउँछन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१