यमनमा विद्रोहीको प्रभाव रोक्न साउदीले थाल्यो कारवाही

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१२ चैत्र २०७१, बिहीबार ११:०२

कायमनमा सिया हुथी विद्रोहीको बढ्दो प्रभाव रोक्न साउदी अरबियाले सैनिक कारवाही थालेको छ । अमेरिकाको लागि साउदी अरबियाका राजदुत अदेल अल जबेरले यमनको वैधानिक सरकारको रक्षाको लागि आफ्नो देशले सैन्य कारवाही थालेको पुष्टी गरेका हुन् । यमनमा राजधानी सानासहित अन्य सामरीक महत्वका शहरहरुमा हुथी विद्रोहीले पकड जमाएपछि सरकारले सहयोगको लागि खाडी राष्ट्रहरुसँग अपिल गरेको थियो ।

eemanहिजोमात्रै विद्रोहीहरुले राष्ट्रपति मन्सुर हादी बसिरहेको शहर अदेलमा हमला गरेपछि राष्ट्रपति वेपत्ता भएका छन् । यमनका रक्षामन्त्रीलाई विद्रोहीले नियन्त्रणमा लिएको बताइएको छ । पछिल्ला दिनहरु निकै आक्रामक बनेको यमनका सिया हुथी विद्रोहीलाई ईरानको समर्थन रहेको बताइएको छ । केही समय अघि सुन्नी विद्रोही समुह आईएसले समेत आक्रमण गरेपछि यमनमा हिंसा मच्चिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१