जर्मनी जहाज दुर्घट्नाबाट सबै यात्रुको ज्यान गएको पृष्टि

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
११ चैत्र २०७१, बुधबार १५:३३

एजेन्सी । जर्मनीको जहाज फ्रान्सको एल्पस हिम श्रृखलामा दुर्घटना हुदा जहाजमा रहेका सबै १ सय ५० जना यात्रुको ज्यान गएको छ । जसमध्ये १ सय ४४ जना यात्रु तथा ६ जना चालक दलका सदस्य छन । दुर्घटनामा ज्यान जानेमा धेरै स्पेन, जर्मनी र टर्कीका नागरिक छन । त्यस्तै पश्चिम जर्मनीको एउटा विद्यालयका १६ जना विद्यार्थी र दुई जना शिक्षकको पनि दुर्घटनामा ज्यान गएको अधिकारीहरुले जनाएका छन् ।

anबासिर्लोनाबाट डसलडोर्फका लागि उडेको जर्मनविङस् एयरलाइन्सको जहाज फ्रान्सको दक्षिणी क्षेत्रको बासिर्लोनोट र डिनाको बीच भागमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो । हिजो विहान दुर्घटना भएको विमानको खोजीमा लागेको फ्रान्सको टोलीले विमान एल्पस पहाडमा ठोक्किएर टुक्रा टुक्रा भएको अवस्थामा फेला पारेको हो । दुर्घटना के कारणले भयो भन्ने अहिलेसम्म खुलेको छैन । जहाजको व्ल्याक बक्स फेला परेकाले दुर्घटनाको अनुसन्धान शुरु गरिएको जर्मनविङस् एयरलाइन्सले जनाएको छ । एयरवस जहाजको औसत आयु ९ वर्षको हुने भएपनि दुर्घटनामा परेको जर्मनविङसको जहाज भने २४ वर्ष पुरानो रहेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१