यमनमा विद्रोहीको हस्तक्षेप रोक्न अपिल

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१० चैत्र २०७१, मंगलवार ११:००

यमनका विदेशमन्त्री रियाद यासिनले देशमा बढ्दो विद्रोहीको प्रभाव रोक्न आवश्यक हस्तक्षेप गर्न खाडी राष्ट्रहरुको संगठन जिसीसीलाई अपिल गरेका छन् । राजधानी सानाबाट पलायन भएका राष्ट्रपति मन्सुर हादीको दक्षिणी शहर अदेनस्थित नयाँ निवासतर्फ पनि विद्रोहीहरु बढ्न थालेपछि विदशेमन्त्री स्वयंले वैदेशीक हस्तक्षेपका लागि गुहारेको हुन् ।

yaयमनमा हुथी बिद्रोहीको आतंकलाई निस्तेज पार्न ६ वटा खाडी राष्ट्रहरुको संगठन गल्फ कोअर्डीनेशन कमिटि जिसिसीले हस्तक्षेप गर्नुपर्ने उनको भनाई छ । साउदी अरबको एक पत्रिकासंग कुराकानी गर्दै विदेशमन्त्री यासिनले हुथी बिद्रोहीलाई परास्त गर्न अरब देशको भुमिका महत्वपूर्ण हुने बताए । यसैगरी यासिनले अदेन शहरस्थित राष्ट्रपति भवनमा समेत लडाकु विमानहरुले आक्रमण सुरु गरेको भन्दै उक्त क्षेत्रलाई उडान निषेधित क्षेत्र घोषणा गर्न संयुक्त राष्ट्रसंघसँग आव्हान गरे । उता राष्ट्रसंघले भने सिया हुथी बिद्रोहीको बढ्दो प्रभाव तथा सुन्नी उग्रवादी संगठन ईस्लामिक स्टेटको प्रवेशले यमन गृहयुद्धको संघारमा पुगेको चेतावनी दिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१