एनआरएन अमेरिकाको सांस्कृतिक साँझ सम्पन्न

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
९ चैत्र २०७१, सोमबार ११:५१

अमेरिका,९ चैत । गैर आवासीय नेपाली संघ,राष्ट्रिय समन्वय समिति अमेरिकाको तेश्रो साधारण सभाको सांस्कृतिक कार्यक्रममा नेपाली चलचित्रका महानायक राजेश हमाल सहितको प्रस्तुति रहेको सांस्कृतिक कार्यक्रम भब्यताको साथ सम्पन्न भएको छ । उक्त कार्यक्रममा झन्डै ३ दर्जन कलाकारहरुको बिबिध प्रस्तुतिले सांस्कृतिक कार्यक्रम अत्यन्तै मनोरन्जनात्मक बनाउन सफल भएको थियो ।

rajeshराजेश हमालले कोर्ट मार्सलको सम्बाद तथा युगल नृत्य प्रस्तुत गरेका थिए भने चर्चित गायक मधु छेत्रीले हुरीले उडाउन सकेन गीत गाएका थिए । कार्यक्रममा नेपालका प्रख्यात गायिका नलिना चित्रकार तथा गायक यम बरालले निकै दर्शकलाई मनोरंजन प्रदान गराएका थिए । स्थानीय गायक खेम संग्रौलाले जहाँ छन् बुद्धका आँखा भन्ने राष्ट्रिय गीत गाएका थिए भने न्युयोर्क बाट आएकी पविता परियारले आफ्नो नया अल्बमबाट जलायो निष्ठुरीले भन्ने गाएकी थिइन् । कवियत्री गीता खत्रीले रचेको गीत परियारले गाएकी थिइन् ।

कार्यक्रममा लोकेश तिवारीले युगल गीतमा गरेको सिम्पल सिम्पल कान्छीको डिम्पल डिम्पल गालामा नृत्य निकै मनोरंजन प्रदान गर्न सफल भएको थियो भने माइती घरको गीतको बोलमा म प्यार बेची दिन्छु भन्ने गीतमा स्थानीय कलाकारहरुको प्रस्तुति बेजोडको रहेको थियो । उक्त सांस्कृतिक कार्यक्रममा गिनिज पुस्तक बिश्व किर्तिमान गर्ने रोहित तिमिल्सिनाको हास्य ब्यंग्य नृत्य तथा अन्य स्थानीय कलाकारहरुले गीत , नृत्य ,लोकगीत तथा अन्य प्रस्तुति गरेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१