असुरक्षा देखाउँदै यमनबाट सेना हटाउने अमेरिकाको तयारी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
८ चैत्र २०७१, आईतवार १०:५०

एजेन्सी । यमनमा कार्यरत आफ्ना सेनालाई अमेरिकाले स्वदेश फिर्ता बोलाएको छ । यमनमा बढ्दो असुरक्षाको कारण देखाउदै अमेरिकाले आफ्ना सैनिक फिर्ता बोलाएको बीबीसीले जनाएको छ । यद्यपी अमेरिकी सेनाले भने यसको पुष्टि गरेको छैन ।

yamanअलकायदा विरुद्ध यमनका सेनालाई प्रशिक्षित गराउन अनदस्थित विमानस्थलमा कार्यरत अमेरिकी सेना फिर्ता जान लागेको यमनी सुरक्षा अधिकारीले बताएका छन् । विशेष कमाण्डो फोर्समा १ सय अमेरिकी सेनाले सो क्षेत्रमा प्रशिक्षण दिदै आएका थिए । यसैबीच, अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इस्लामिक स्टेट आइएसबाट आफ्ना सेनालाई खतरा रहेको सूचना प्राप्त भएको जनाएको छ । ईन्टरनेट मार्फत पाएको सूचना अनुसार आइएस समर्थक विद्रोही अमेरिकी सेनाप्रति आक्रमक हुन सक्ने पेन्टागनको दाबी छ । गत शुक्रवार भएको आत्मघाती बम हमलामा १ सय ३७ जनाको मृत्यु भएपछि यमनमा आइएसको कारबाही हिंस्रक बन्दै गएको अन्र्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१