(एनआरएन) अमेरिकाको तेस्रो बार्षिक साधारणसभा सुरु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
८ चैत्र २०७१, आईतवार १०:१६

बेथेस्डा, मेरील्याण्ड, ८ चैत । गैरआवासीय नेपाली संघ (एनआरएन) राष्ट्रिय समन्वय परिषद अमेरिकाको तेस्रो बार्षिक साधारणसभा मेरील्याण्ड राज्यको बेथेस्डा शहरमा आजदेखि सुरु भएको छ । एनआरएन अमेरिकाको सदस्यता अभियान झन्डै १२ हजार पुगेको गर्विलो अवशरसंगै संघको गैरआवासीय नेपाली अभियानमा सबै भन्दा ठुलो संजाल निर्माण गर्न सफल तेस्रो बार्षिक साधारण सभा २ दिनसम्म चल्ने र नयाँ बिधान पारित गर्ने कार्यक्रम रहेको छ।

nrnसंघको बिश्वब्यापी संजाल निर्माणसंगै सुरु भएको एनआरएन अमेरिकाको सांगठानिक संजाल यस अघि नेपाली अमेरिकनको सहभागिता बिना संचालन हुँदै आएपनि गत बर्ष देखि बिधानत प्रत्यक ३ वर्षमा संघको नयाँ कार्यसमितिको चयन हुने प्रावधान भए पनि २०१४ मा निर्वाचित कार्यसमितिको अवधि ९ महिना मात्र रहेकोले यसै बर्ष नयाँ नेतृत्वको लागि निर्वाचन हुने छ।

एनआरएन अमेरिकाको नेतृत्वको लागि यस अघिनै डा. केशव पौडेल, रमा सिंह, नगेन्द्र पौडेल, गणेश कुंवरले सानुबाबु सिलवाल, दुर्गा दाहाल र शेखर ढुंगेलले अध्यक्ष पदमा आ- आफ्नो दाबी प्रस्तुत गरीसकेका छन् । संघको अन्तराष्ट्रिय परिषद सदस्य पदका लागि अहिले सम्म संचारकर्मी पुरुषोत्तम ढकाल र संजिव सापकोटाले उम्मेदबारी घोषणा गरेका छन्।

संघको बरिष्ठ उपाध्यक्ष पदमा महासचिब कृष्ण पोख्रेल, न्युयोर्कका विश्व शाह र नेदेन दोंगला, उपाध्यक्ष पदमा रबिना थापा, उमा थापा, मोहन थापा र बलराम थापा महासचिब पदमा कुन्ती थापा र सह सचिब पदमा संगीता सिवाकोटीले आ- आफ्नो दाबी प्रस्तुत गरीसकेका छन् । र सबै पदमा उम्मेदबारी दिने क्रम जारी रहेको छ।

एनआरएन अमेरिकाको निर्वाचन आयोगले दिएको जानकारी अनुशार शुक्रबार बिहानसम्म एनआरएन अमेरिकाको अध्यक्ष पदका लागि कसैको पनि उम्मेदवारी परेको छैन । बरिष्ठ उपाध्यक्ष पदमा विश्व शाहको उम्मेदवारी दर्ता भएको छ । त्यस्तै उपाध्यक्ष पदमा पनि कसैको उम्मेदवारी परेको छैन भने महासचिवमा पनि कसैको उम्मेदवारी दर्ता भएको छैन।

सहकोषाध्यक्ष पदमा रविनराज बज्राचार्यको उम्मेदवारी दर्ता भएको छ भने एनआरएन अमेरिकाको बोर्ड सदस्यमा ऋतुवर्ण भण्डारीको उम्मेदवारी दर्ता भएको छ। त्यस्तै एनआरएन अमेरिकाको ओरेगन राज्य समितिका लागि अध्यक्षमा दिवाकर महर्जन र बोर्ड सदस्यमा सीताकुमारी राईको उम्मेदवारी दर्ता भएको छ।

एनआरएन अमेरिकाको बरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराउने न्युयोर्क निवासी विश्व शाहले उम्मेदवारी दर्ताको म्याद सुरुहुनुभन्दा एकदिन अगाडि कनेक्टिकटको हार्टफोर्डमा एक कार्यक्रमको आयोजना गरी उम्मेदवारीको औपचारिक घोषणा गरेका थिए। विश्व शाह वर्तमान एनआरएन अमेरिकाको कार्यसमितिको सल्लाहकार थिए।

लामो समयदेखि एनआरएन आन्दोलनमा सकृय व्यवसायी विश्व शाहले गतवर्ष एनआरएन अमेरिकाको अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका थिए । तर पछि आफूभन्दा योग्य व्यक्ति खगेन्द्र जीसीले अध्यक्षमा उम्मेदवारी दिएकाले जीसीलाई नै समर्थन गर्ने भन्दै शाहले उम्मेदवारी फिर्ता लिएका थिए।

एनआरएन अमेरिकाको चुनावी कार्यतालिका अनुशार उम्मेदवारी दर्ताको म्याद मार्च २६ सम्म कायम रहनेछ । उम्मेदवारी दिन इच्छुकले मार्च २६ को मध्यरातसम्म अनलाइनमार्फत आफ्नो उम्मेदवारी दर्ता गराउन सक्नेछन् । मार्च २९ मा उम्मेदवारहरुको पहिलो सुची प्रकाशित गरिनेछ।

मार्च ३१ र ३१ म दावी, विरोध र उम्मेदवारी फिर्ताका लागि मिति तोकिएको छ भने अप्रिल ३ मा उम्मेदवारको अन्तिम सुची प्रकाशित गरिने निर्वाचन आयोगले जनाएको छ । त्यस्तै अप्रिल ४ देखि १५ सम्म चुनावी प्रचारप्रसारको अवधि तोकिएको छ । त्यसपछि अप्रिल १६ देखि २० सम्म अनलाइन र कागजी मतपत्रमार्फत मतदान हुनेछ । अप्रिल २५ र २६ मा मतगणनापछि मत परिणाम घोषणा गर्ने आयोगले जनाएको छ।

एनआरएन अमेरिकाको आगामी मार्च २१ र २२ मा हुने वार्षिक साधारणसभाले विधान संसोधन गर्ने चर्चा भइरहेपनि वर्तमान विधान अनुशार नै निर्वाचन कार्यतालिकाको घोषणा गरिएको हो । एनआरएन अमेरिकाको विभिन्न १९ वटा पदमा र पाँचजना एनआरएन आईसीसी सदस्यका लागि चुनाव हुने भएको छ । अध्यक्ष पदमा उम्मेदवारी दिन चाहनेले एकहजार अमेरिकी डलर उम्मेदवारी शुल्क बुझाउनुपर्नेछ भने बरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिन चाहनेले ८ सय अमेरिकी डलर शुल्क बुझाउनुपर्नेछ । त्यस्तै दुईजना निर्वाचित हुने उपाध्यक्ष पदमा उम्मेदवारीका लागि ७ सय अमेरिकी डलर शुल्क बुझाउनुपर्नेछ।

महासचिव पदमा उम्मेदवारीका लागि पनि ७ सय डलर नै शुल्क तोकिएको छ । सहसचिव र कोषाध्यक्ष पदमा उम्मेदवारीका लागि ६ सय डलर शुल्क तिर्नुपर्नेछ भने सहकोषाध्यक्ष, प्रवक्ता , मिडिया कोअर्डिनेटर, युवा कोअर्डिनेटर र महिला कोअर्डिनेटरमा उम्मेदवारीका लागि ५ सय अमेरिकी डलर शुल्क तिर्नुपर्नेछ । ७ जना बोर्ड सदस्यका लागि हुने चुनावमा उम्मेदवारीका लागि भने ४ सय डलर शुल्क तोकिएको छ।

पाँचजना निर्वाचित हुने एनआरएन आईसीसीको सदस्यमा उम्मेदवारीका लागि १ हजार अमेरिकी डलर शुल्क तोकिएको छ । त्यस्तै अलाबामा, क्यालिफोर्निया, कोलोराडो, कनेक्टिकट, फ्लोरिडा, जर्जिया, इलिनोय, मेरिल्याण्ड, मासाचुसेट्स, मिसिगन, न्यु ह्याम्सायर, न्यु जर्सी, न्यु मेक्सिको, न्युयोर्क, नर्थ क्यारोलिना, ओरेगन, पेन्सिलभेनिया, टेनिसी, टेक्सास, भर्जिनिया र वासिंटन राज्यमा एनआरएन अमेरिकाको च्याप्टरका लागि समेत चुनाव हुने भएको छ।

च्याप्टर अध्यक्षमा उम्मेदवारी दिनका लागि ५ सय डलर शुल्क तिर्नुपर्नेछ । च्याप्टरमा एकजना उपाध्यक्ष निर्वाचित हुनेछन् , जसमा उम्मेदवारीका लागि ४ सय डलर शुल्क तोकिएको छ । त्यस्तै एकजना सचिव र एकजना कोषाध्यक्ष पदका लागि ३ सय ५० र ३ सय उम्मेदवारी शुल्क तोकिएको छ । च्याप्टरमा ११ जना डाइरेक्टरहरु निर्वाचित हुनेछन् । जसमा उम्मेदवारीका लागि २ सय डलर शुल्क तोकिएको छ।

एनआरएन अमेरिकाको योग्य सदस्यले कुनै पनि पदका लागि तोकिएको समयभित्र उम्मेदवारी दिनसक्ने एनआरएन अमेरिकाको निर्वाचन आयोगले स्पष्ट पारेको छ । यस पटकको सम्मेलनमा संसारभरीका गैर आवाशीय नेपालीको चासोको बिषय नेपाली नागरिकताको निरन्तरता र संघको अपुरो बिधान मुख्य छलफलको विषय रहने छ । ’नेपाली नागरिकताको निरन्तरता र संघको अपुरो बिधान, नेपाली अमेरिकनको समृद्दी र अमेरिकी मुलधारमा सामाजिकीकरणको एजेन्डा सहित वार्षिक साधारणसभा मनाउँदै छौं,’ शनिबार संघका अध्यक्ष खगेन्द्र जिसीले बताए।

सम्मेलनमा सहभागिता जनाउन झन्डै २५ राज्यका करिब १२०० सय प्रतिनिधि, पर्यवेक्षक मेरील्याण्ड राज्यको बेथेस्डा शहरमा भेला भएका छन्। ९ महिनाको छोटो कार्यकालमा संघको सञ्जाल झन्डै २० राज्यमा बिस्तार भएको छ। झन्डै २० राज्यमा संघको अन्तराष्ट्रिय परिषद र राष्ट्रिय समन्वय परिषद संगै च्याप्टरको समेत नेतृत्व चयन हुने भएको छ।

शनिबार मेरील्याण्ड राज्यको बेथेस्डा शहरमा सुरु भएको संघको वार्षिक साधारणसभा उद्घाटन सत्रमा अमेरिकी राष्ट्रपति बराक ओबामाका सल्लाहाकार एवं डेमोक्र्याट दलका स्थानिय प्रतिनिधि र अगुवा समाजसेवी र संघ संस्थाक प्रतिनिधि माझ अध्यक्ष क्षेत्रीले संघको अमेरिका ब्यापी संजाल नेपाली अमेरिकनको समृद्धि तर्फ केन्द्रित हुने बताए।

तेश्रो साधारण सभामा सहभागी हुन नेपाल ,अमेरिका ,क्यानाडा तथा अमेरिका बिभिन्न राज्यहरुबाट हजारौ सदस्य ,शुभ चिन्तक तथा अतिथिहरु आएका छन् l कार्यक्रममा भर्जिनियाको नेपाली पाठशालाका बाल बालिकाहरुले नेपाली राष्ट्रिय गीत गएका थिए भने अंग्रेजी राष्ट्रिय गीत प्रकृति देउजाले गाएकी थिइन्।

कार्यक्रम संयोजक लोक नाथ तिवारीले सहभागी सम्पूर्णलाई स्वागत गरेका थिए भने संघका अध्यक्ष खगेन्द्र जिसी, बरिष्ठ उपाध्यक्ष लोक नाथ तिवारी र प्रमुख अतिथि युएस स्टेट डिपार्टमेन्टका उप सहायक सचिब अतुल केशबले पानसमा बत्ती बालि सयुक्त रुपमा उद्घाटन गरेका थिए। साधारण सभाका प्रमुख अतिथि अतुल केशबले आफुले ३ पटक नेपाल भ्रमण गरेको समरण गर्दै नेपाल एक उत्कृष्ठ गन्तब्य भएको देशका रुपमा प्रशंसा गरे।

उनले ’सयुक्त राष्ट्र संघको शान्ति स्थापनार्थ नेपालको भूमिका अतुलनीय छ भन्दै नेपालमा अझ पनि संबिधान बन्न नसक्नु नेपाल र नेपालीका लागि दुखद परिस्थिति भएको धारणा व्यक्त गरे । उनले व्हाइट हाउसको शुभकामना पत्र पढेर सुनाएका थिए । संघका केन्द्रिय अध्यक्ष शेष घलेको लिखित शुभकामना संदेश एनआर एनयुएसए का उपाध्यक्ष श्री पराजुलीले पढेर सुनाएका थिए।

संघका संरक्षक डा. अम्बिका अधिकारीले ४ हजार प्रतिसत सदस्य वृद्धि गरेकोमा एनआरएन अमेरिकालाई धन्यबाद दिदै उक्त सदस्यलाई व्यवस्थापन गर्न पनि ४ हजार प्रतिसतले बढाउनु पर्छ भने । लाउडन काउन्टी डेमोक्रेटिक पार्टीका डलस जिल्लाका हरि शर्माले स्थानीय क्षेत्रमा गएर निर्वाचन क्षेत्रमा नाम दर्ता गराउन सुहाव दिए भने अमेरिकाका लागि कार्यबाहक नेपाली राजदुत ऋषि राम घिमिरेले अधिवेसनको सफलताको लागि शुभकामना दिए।

तेस्रो साधारण सभा समुद्घाटन कार्यक्रममा बिभिन्न संघ तथा संस्थाका प्रतिनिधिहरुले शुभकामना मन्तब्य दिएका थिए भने महासचिब कृष्ण पोख्रेल तथा कोषाध्यक्ष बेदराज बस्नेतले संक्षेपमा बार्षिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।तेस्रो साधारण सभालाई नेपाली मूलका संघ संस्थाका प्रतिनिधिहरु जन सम्पर्क समितिका अध्यक्ष आनन्द बिष्ट, प्रवाशी नेपाली मंचका संजय थापा, राप्रपा नेपालका प्रेम कुमार श्रेष्ठ लगायतले सम्बोधन गरेका थिए।

संघका अध्यक्ष खगेन्द्र जिसीले केहि महत्व पूर्ण काम गर्न सफल भएको र केहि काम गर्न अझ बाकी रहेको जानकारी गराउदै नेपालमा चाडो भन्दा चाडो नेपालमा सबिधान बनोस भनि जोडदार माग गर्दै सबैलाई धन्यबाद दिए । संघको तेस्रो बार्षिक साधारण सभा भोलि आइतबार सम्पन्न हुने छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०