अमर राईको एल्बोम “इमोर्टल” चाडै बजारमा।

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
८ चैत्र २०७१, आईतवार ०५:५४

amar geetrekat प्रदिप राई ,
कोलालम्पुर मलेसिया । गायक अमर राई प्रवासमा रहेर पनि गीतसंगीतको क्षेत्रमा कुनै नयाँ नौलो नाम हैन। गायक बन्ने सपनालाई प्रवासमै गीत रेकर्ड गरेर पूरा गर्ने योजना अब चाडै पुरा हुने भएका छन। अमर राई मलेसियाको एक कम्पनीमा कार्यरत राईले मलेसियाकै एक रेकर्डिङ स्टुडियोमा गीत रेकर्ड गराइरहेका छन् । सानैदेखिको गायक बन्ने सपना उनले मलेसिया आएर पूरा हुने भएको छ। राईले बजारमा ल्याउन लागेको एल्बम “इमोर्टल” छिट्टै बजारमा आउने तयारीमा रहेको छ । मलेसियामा कार्यरत रहेका चर्चित गायक साथै संगीतकार मणिपाल राई सँगको  सहकार्यमा उक्त “इमोर्टल” एल्बम बजारमा ल्याउन लागेका हुन। उनको यस एल्बममा ५ वटा गीत रहेको छ। जसमा नीम संगीत, सुमन राई, र मणिपाल राईको संगीत रहेको छ भने इन्द्रसुर बेल्टारे, रमेश बानियाँ, अनुराग श्रेष्ठ, दिक्पाल राईको शब्द रहेको छ । जुन गीतको संगीत संयोजन भने नीम संगीत, सुमन राई र विपिन आचार्यको रहेको छ । जसको रेकर्डिङ एवं मिक्सिङको काम ड्रिम्स स्टुडियोमा गरिएको छ । नेपालमा एरेन्ज गरेर मलेसियामा नै गीत रेकर्ड गराएका अमर राईको यस एल्बमको अन्तिम तयारी भइरहेको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१