एनआरएन अमेरिकाका नेतृत्वकर्ताहरुसंग यस्तो अन्तरसंवाद हुने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
६ चैत्र २०७१, शुक्रबार १२:१०

वासिंगटन डिसी,अमेरिका,६ चैत । नेपाल अमेरिका पत्रकार संघ नेजाले आगामी आइतवार भर्जिनियामा एनआरएन र मिडियाको भूमिका विषयमा अन्तरसंवाद कार्यक्रम गर्ने भएको छ। नेजाले एनआरएन अमेरिकाको तेश्रो वार्षिक साधारण सभामा सहभागी हुन आउन लाग्नु भएका एनआरएन आइसीसीका र एनआरएन अमेरिकाका नेतृत्वकर्ताहरुसंग यस्तो अन्तरसंवाद गर्न लागेको हो। अन्तरसंवाद कार्यक्रम मेरिल्याण्डस्थित नेपाल एजुकेशनल एण्ड कल्चरल सेन्टर एनइसीसीको बैठक कक्षमा हुनेछ। आइतवार अपरान्ह २ ३ बजेदेखि यस्तो कार्यक्रम गर्नका लागि तय गरेको छ। नेपाली मन्दिर रहेको सोही स्थानमा शान्ति यज्ञ समेत हुँदैछ। शान्ति यज्ञमा सहभागी हुने एनआरएन समुदायका सबै सदस्यहरुलाई आफुहरुले आयोजना गर्न लागेको अन्तरक्रिया कार्यक्रममा सहभागी भैदिन नेजाले आग्रह गरेको छ।

nrnकार्यक्रमको दोश्रो चरणमा एनआरएन अमेरिकाको आसन्न निर्वाचनमार्फत नेतृत्वका लागि दावी गरिरहेका विभिन्न पदका आकांक्षी उम्मेदवारहरुको एजेन्डाका बारे पनि छलफल हुनेछ। नेजाले आकांक्षी उम्मेदवारहरुलाई कार्यक्रममा सहभागी भै आ आफ्नो उम्मेदवारीका बारे जानकारी गराउन अनुरोध गरेको छ। नेजाका अनुसार यस्तो कार्यक्रमको विभिन्न नेपाली अनलाईन मिडियामार्फत प्रत्यक्ष प्रसारण समेत गरिनेछ। नेजाले यस्तो अन्तरक्रिया कार्यक्रम मार्च २८ शनिवार सन् फ्रान्सिस्को र अप्रिल ४ तारिख शनिवार टेक्सासको डाल्लासमा समेत तय गरेको छ। यसका लागि सन् फ्रान्सिस्कोमा नेजाका क्षेत्रीय संयोजक जाङ्ग्बु शेर्पाले संयोजन रहेका छन भने डाल्लास टेक्सासमा सोही क्षेत्रका क्षेत्रीय संयोजक विकासराज न्यौपानेले संयोजन रहेको नेजाले जनाएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१