अमेरिकामा डा. केशव पौडेलको यस्तो चर्चा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
५ चैत्र २०७१, बिहीबार १४:४१

अमेरिका,५ चैत । एनआरएन यूएसए चुनावमा अध्यक्षका उम्मेदवार डा. केशव पौडेलले भारतको दिल्ली विधान सभामा आम आदमी पार्टीले जस्तै अत्याधिक मत ल्याउने चर्चा गर्न थालिएको छ । डेढ महिना अगाडि दिल्लीमा भएको विधान सभा निर्वाचनमा आम आदमीले कुल ७० सिट मध्ये ६७ सिटमा विजय हात पारेको थियो । आम आदमी पार्टीले जस्तै मत ल्याउने अनुमान गरिएका पौडेल यतिखेर भोट माग्न व्यस्त रहेका छन् । नेपालीहरुको जमघट हुने स्थानमा उपस्थित भएर पौडेलले भोट माग्ने गरेका छन् । केही समय पछि हुन गईरहेको एनआरन यूएसको निर्वाचनमा १३ हजार भन्दा बढी मतदाता रहेका छन् । एन्आरएन् एन् सी सी एन् अमेरिकाको आगामी निर्बाचनका अध्यक्ष पद्का प्रत्यासी डा.केशव पौडेल पेशाले चिकीत्सक हुन भने प्रशासनमा पनी कुशल ब्यबस्थापक ठानिन्छन।

keshabहाल न्यु म्याक्सिको स्थित लभलेस हेल्थ सिस्टममा निर्देशक पदमा कार्यरत डा.पौडेलअमेरिकन कलेज अफ फिजिसियन र सोसाईटी अफ हस्पिटल मेडिसिनको फेलोको रुपमा क्रियाशील रहेका छन्। २०४६ सालमा महीन्द्री मा.वि.तनहुबाट एसएलसी पास गरेका पौडेल स्कुल को पढाईमा सधै सर्बप्रथम हुने गर्दथे। तनहु जिल्ला सतिश्वारा गाविस ९ मा साधारण परिवारमा जन्मिएका पौडेल सानैदेखी समाजसेव प्रतिपनी उत्तीकै चाख रख्दथे । तेसैले होला उनी स्कुल पढ्दानै जुनीयर रेडक्रस का सभापती भइ दुई वर्ष काम गरे। तेसो त सनैदेखी मिजासीला शोभावका उनी हरेक अतिरिक्त कृयाकलापमा पनी प्रथमनै हुने गर्दथे। उच्च शिक्षाका लागी राजधानी लागे पछी पनी डा.पौडेलले अध्ययन,राजनिती र समाज सेवालाई संगसगै अगाडी वढाए।क्याम्पस स्तरमा विद्यार्थी संगठनका विभिन्न तहमा रही हरेक संघर्ष र चुनौतीहरुको सामना गर्दै सफल नेतृत्व र सक्षम विद्धर्थीको पहीचान पनी नबनाएका होईनन् उनले। त्रि.वि.वि. चिकित्सा शास्त्र अध्ययन संस्थानको स्वतन्त्र विद्यार्थी यूनियनको सभापती ,फ्याकल्टी बोर्ड विद्यार्थी प्रतिनिधि, प्राविधिक विाद्यार्थी संघको अध्यक्ष तथा नेपाल विद्यार्थी संघको निर्वाचित केन्द्रिय सदस्यको सफल भुमिका निर्वाह गरेको अनुभवहरू उनी संग अझै ताजा छन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१