इजरेलमा नेतन्याहुको दल लिकुडको आश्चर्यजनक विजय

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
५ चैत्र २०७१, बिहीबार ११:३६

एजेन्सी । इजरेलमा वर्तमान प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको दल लिकुडले आश्चर्यजनक विजय हासिल गरेको छ । चुनावअघिका मत सर्वेक्षणहरुले लिकुड पार्टी नराम्ररी पराजित हुने देखाएकोमा हिजो सम्पन्न चुनावको लगभग सवै मत गनिसक्दा उसले मुख्य विपक्षी दल जियोनिष्ट युनियनबिरुद्ध स्पष्ट अग्रता हासिल गरेको बीबीसीले उल्लेख गरेको छ ।

iiचुनावी परिणामले प्रधानमन्त्री नेतान्याहुलाई दक्षिणपन्थी दलहरुको गठबन्धन सरकार गठन गर्ने ठूलो मौका प्रदान गरेको छ । प्रधानमन्त्रीका रुपमा नेतान्याहुको अवको कार्यकाल चौथो हुनेछ । उहाँले इजरेलकै इतिहासमा सबैभन्दा लामो समय प्रधानमन्त्री बन्ने इतिहास कायम गर्नुहुनेछ । १ सय २० सिटको लागि भएको निर्वाचनको अहिलेसम्म घोषित नतिजा अनुसार लिकुडले हालसम्म ३० सिट आफ्नो पक्षमा पार्न सफल भएको छ । विपक्षी दल जियोनिष्ट युनियनले भने २४ सिटमात्रै जितेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०