भ्रष्टाचार विरुद्ध अन्तर्राष्ट्रिय बालकविता प्रतियोगिता हुदै

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२८ फाल्गुन २०७१, बिहीबार १४:३६
download
हेम सरिता पाठक फाउण्डेसनले विश्वब्यापी खुल्ला भ्रष्टाचार विरूद्घको अन्तर्राष्ट्रिय बालकविता प्रतियोगिताको आयोजना गरेको छ | पुरस्कारको राशि एक हजार यु. एस. डलरको हुनेछ | प्रतियोगितामा  भाग लिन रचना पठाउने नियम यस प्रकार छन्ः
१. आफ्नो कविता इमेल मार्फत पठाउनु पर्नेछ ।
२. कविता टाइप गरेको हुनुपर्नेछ ।
३.कविता अप्रकाशित र बढीमा २०० शब्दको हुनुपर्नेछ ।
४. कुनै पनि राजनैतिक पूर्वाग्रह र गाली गलौज, साम्प्रदायिक भावनालाई प्रोत्साहित गर्ने विचारहरू र  अश्लील शब्दको प्रयोग गरिएको पाइएमा त्यस्ता कविताहरू स्वतः अस्वीकृत हुनेछन् ।
५. एकजना कविले एउटा  मात्र कविता पठाउन सकिने छ | एक भन्दा बढी आएका कविता स्वतः बदर हुनेछ ।
६. कविता कान्तिपुर, प्रिती या मङ्गल फन्टमा मात्र पठाउनु पर्नेछ ।
७. कविता नितान्त नयाँ र मौलिक हुनुपर्नेछ । कविले आफ्नो रचनाका साथमा आफ्नो छोटो परिचय, पासपोर्ट साइजकने फोटो र सम्पर्क ठेगाना पनि पठाउनु पर्नेछ ।
८.  प्रतियोगिताको लागि प्राप्त कविता कुनै पनि साहित्यिक सञ्जालहरूमा संम्प्रेषण भएको वा पत्रपत्रिकामा पूर्व प्रकाशित भएको पाइएमा स्वतः अस्वीकृति गरिने छ ।
९.  प्रतियोगिताको लागि प्राप्त कवितामा अरू कसैको कविताको अंश या नक्कल गरिएको पाइएमा स्वतः अस्वीकृति हुनेछ ।
१०. प्रतियोगितामा ८.९ र १० कक्षामा अध्धयनरत विद्यार्थीहरूले मात्र सहभागी हुन् सक्नेछन् |
११. प्रतियोगिताको निर्णयमा कुनै पनि विवाद आइ अन्तिम निर्णय संयोजकको रहने छ ।
१२. कविता प्राप्त हुनुपर्ने अन्तिम दिन ३० चैत २०७१ (१३ अप्रिल २०१५)
१३. पुरस्कारहरूः प्रथम, दोस्रो र तेस्रो क्रमशः नगद .५००, ३०० र २०० यु.एस.डलर (प्रमाणपत्र सहित) हुनेछ ।
उत्कृष्ट  ५१ कविताको सङ्ग्रह प्रकाशित गरिनेछ ।
सम्पर्कः
  Email : hemsarita2015@gmail.com
   Skype : lekali.radheshyam15
   Phone No : 9851059354
आयोजकः
हेम सरिता पाठक फाउण्डेसन
भवदीय,
राधेश्याम लेकाली
संयोजक
भ्रष्टाचार विरूद्घ बालकविता प्रतियोगिता तयारी समिति

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१