प्राज्ञ मुकारुङको ग्रन्थ तथा एल्बम प्रधानमन्त्रीबाट लोकार्पण गरिने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२८ फाल्गुन २०७१, बिहीबार १४:२२

 

Bulu-Mukarung

काठमाडौँ -वरिष्ठ सङ्गीतकार प्राज्ञ बुलु मुकारुङको “नेपाली सङ्गीतको अभिलेख” ग्रन्थ तथा उहाँकै एकल सङ्गीतमा निर्माण भएका गीति एलबमहरूको लोकार्पण समारोह एंव साङ्गीतिक कार्यक्रम हुने भएको छ। मंगलबार प्रधानमन्त्री शुसिल कोइरालाले उक्त ग्रन्थ तथा गीति एल्बम लोकार्पण गर्ने कार्यक्रम रहेको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानमा गरिने उक्त कार्यक्रममा विभिन्न विधामा कलम चलाउने १२ जना स्रष्टाका कृति पनि बिमोचन गरिने छ भने स्रष्टा सम्मान गरिने आयोजक राधेश्याम लेकालीले जानकारी दिनुभयो ,कार्यक्रममा डा.धु्रवचन्द्र गौतम, डा.तारानाथ शर्मा, दौलत विक्रम विष्ट, ईश्वर वल्लभ, डा.विष्णु राई, यादव खरेल, श्रवण मुकारूङ, हरिभक्त कटुवाल, नरेन्द्रनाथ कोइराला आदिको उपस्थित रहने आयोजकले जानकारी दिएको छ ।
बिमोचन गरिने कृति र स्रष्टा –
अधरको मुस्कान नरेन्द्रबहादुर श्रेष्ठ
आगत राधेश्याम लेकाली
के मागूँ कमला कुँवर
मुटुमा राखेको मान्छे कमलसिंह कार्की
चुम्बनबाट जलेश्वरी श्रेष्ठ
जिन्दगीको बाटो लक्ष्मी उप्रेती
यो मनको कुरा वसुश्री पाण्डे
नारी तिमी स्नेहा पोखरेल
कैले कैले वीरु बाङ्देल (सिक्किम)
सुदीपन सुरेश घिमिरे निश्चिन्त
प्रवास बोल्छ राजेन्द प्रसाई (क्यानाडा)

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१