नरिवलको पानीले छाला चम्किलो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१९ बैशाख २०७१, शुक्रबार १७:१५

Coconut_Water(एजेन्सी)– के तपाईंको छाला खस्रो र नराम्रो छ ? छालाको बनावट खासमा वंशानुुगत हुन्छ तर त्यसमा पनि तपाईंले धेरै कुराको सुधार गर्नसक्नुहुन्छ ।
छालाको हेरचाहमा आफूले खाने खानेकुराको असरको बारेमा त्यति गहन रुपमा लिइएको हुदैँन । फलफूल र त्यसको जुसले छालालाई निकै राम्रो गर्ने कुरालाई हामी सबैले बुुझ्नुपर्ने हुन्छ । सुन्तलाको जुसलाई छालाको लागि सर्वोत्तम मानिए पनि नरिवलको पानीले छालालाई पुर्याउने असरको बारेमा धेरैलाई थाहा नहोला ।
नरिवलको पानी, जसलाई पानीपछिको शुद्ध मानिएको छ, ले छालालाई हाइड्रेट, नरम र जवान देखाउने काम गर्दछ । नरिवलको पानीमा भएको एन्टिअक्सिडेन्ट र साइटोकिनिन्सले छालालाई चाउरी पर्नबाट जोगाउँछ । यसमा पाइने पौष्टिकताको पनि निकै कदर गरिएको छ । यदि तपाईं कमजोर महसुस गर्दै हुनुहुन्छ र पेटमा समस्या छ भने नरिवलको पानी पिउनुहोस्, यसले शक्ति प्रदान गर्दछ ।
नरिवलको पानी चिल्लो र गुलियो पदार्थ दुुबै नहुने भएका कारण यसलाई दिनको एक ग्लास पिउन सक्नुहुन्छ । तर अहिलेसम्म नरिवलको पानीले छालालाई पार्ने सकारात्मक असरको बारेमा केहि खोजी भएको छैन । यद्यपी, दैनिक रुपमा नरिवलको पानी पिउने गर्नुहोस् र हेर्नुहोस् कसरी तपाईंको छाला नरम र चम्किलो हुन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१