एनआरएन अमेरिकाको चुनावले टेक्सास पनि तात्यो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२२ फाल्गुन २०७१, शुक्रबार १२:००

अमेरिका,२२ फागुन । अमेरिकाको टेक्सास राज्यबाट यो पल्ट एनआरएनको चुनावमा आधा दर्जन भन्दा बढी ब्यक्तीहरुले उम्मेदवार हुने घोषणा गरेका छन।बिकासराज न्यौपाने र सुदिप पन्त – अमेरिकाको टेक्सास राज्यबाट यो पल्ट एनआरएनको चुनावमा आधा दर्जन भन्दा बढी ब्यक्तीहरुले उम्मेदवार हुने घोषणा गरेका छन।  नेपाली समाज टेक्सासले स्थानिय समुदायका अग्रजहरुको एक भेला गरी उम्मेदवार हुन चाहना राख्ने ब्यक्तिहरु बिच एक छलफल कार्यक्रम गरेको छ। स्थानिय उम्मेदवारहरु एउटै पदमा दुई जना नहोस् भन्ने सस्थाको चाहना हुँदा पनि सहसचिबमा दुईजनाको उम्मेदवारी परेको र सहमतिमा सबै एक भएर अघी बढ्नु राम्रो हुने उक्त समाजका महासचिब बिजयराज भट्टराईको धारणा रहेको छ।

टेक्सासबाट यो पल्ट केही बलिया र आशा लाग्दा उम्मेदवारहरुले एनआरएन अमेरिकाको प्रतिनिधित्व गर्न रुची देखाएका छन। टेक्सासराज्यमा आफ्नो सामाजिक छबी राम्रो बनाएका रामचन्द्र पोखरेलले उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन। प्रतिष्पर्धीहरुलाई निकै कडा चुनौती दिने सक्ने नेत्रित्व क्षमता भएका पोखरेल बिजयी हुने सम्भावना धेरै भएको स्थानिय जानकारहरु बताउछन।

nenत्यस्तै हाल एनआरएनको कोषाध्यक्ष पदको जिम्मेवारी सम्हाल्दै आउनुभएका युबा एब उर्जाशिल ब्यक्ती बेद राज बस्नेत पनि यो पल्ट सोही पदमा आफु पुन उठ्ने मनसाय रहेको बताउनुभएको छ। अहिलेको बोर्डमा रहेका पदाधिकारीहरु मध्ये सबै भन्दा धेरै मेहनत र उत्कृष्ट कार्य गरे बापत अगामी साधारण सभामा सम्मान पनि पाउन लाग्नुभएका बस्नेत टेक्सास मात्र नभएर अहिले प्राय सबै राज्यमा लोकप्रिय र सामाजिक ब्यक्तिको रुपमा आफुलाई उभ्याउन सफल हुनुभएको छ। उहाको उम्मेदवारीलाई पनि टेक्सासबासी नेपालीहरुले गौरबका साथ् लिएका छन।

त्यस्तै स्थानिय संघसस्थाहरुमा आबद्द एब टेक्सास राज्यको हरेक गतिबिधीहरुमा आफ्नो सकृय भूमिका निभाउनुहुने नेत्र पाण्डे र पुष्पलता भण्डारीले सहसचिब पदमा उम्मेदवारी दिनुभएको छ । एउटै क्षेत्रबाट दुईजना एउटै पदमा उठ्दा सहयोगका कुरामा खुलेर लाग्न गार्हो हुने स्थानिय ब्यक्तिहरुको भनाइ रहेको छ। समय बाँकी नै भएकोले एकआपसमा सल्लाहा गरेर उम्मेदवारी दिनु उपयुक्त हुने समाजका अगुवाहरुको धारणा छ।

त्यस्तै अर्का सामाजिक एब उर्जाशिल ब्यक्ती बिनोद तिवारीले पनि एनआरएन बोर्ड सदस्यमा आफु उम्मेदवार भएको घोषणा गर्नुभएको छ। कुशल नेत्रित्व क्षमता भएका तिवारीले संगठनलाई जिबन्त बनाउन सकृय योगदान गर्न सक्ने जानकारहरु बताउछन।

लामो समय देखी टेक्सासलाई कर्मथलो बनाउनु भएका चिरपरिचित अनुहार एब अत्यन्त सामाजिक ब्यक्तित्व बेदनिधी दाहालको एनआरएन आइसिसीको सदस्य पदको उम्मेदवारीलाई धेरैले उपयुक्त ब्यक्ती उपयुक्त पदको दाबेदारीमा भनेर प्रसंसा गरेका छन।त्यस्तै अगुवा कृयाशिल ब्यक्तित्व सुनिल शाहले पनि आइसीसीको सदस्य पदमा उम्मेदवारी दिनुभएको छ। योग्यता एब क्षमता अनुरुप त्यो पदमा दाबी गर्न सक्ने एक झुझारु ब्यतित्वको रुपमा शाहलाई लिएको स्थानिय समाजका अगुवाहरु बताउछन।

१०० भन्दा बडी सद्स्य भएको राज्यमा च्याप्टर समितिहरूको समेत चुनाव हुने भएकोले यो पल्ट टेक्सासबाट युवा व्यक्तित्व दिनेश शर्माले संयोजक पदमा उम्मेदवारी दिनुभएका छ भने सोही पदमा समाजका एक प्रभावशालि व्यक्तिको उम्मेदवारी आउने सभावना रहेको छ l उहाको उम्मेदवारी लागि नेपाली समाज टेक्सासका अगुवाहरु प्रयासरत छन् । उहाँको उम्मेदवारीलाई पनि समाजका अगुवाहरुले सकारात्मक रूपले लिएका छन् । टेक्सासको नेपाली समाजले यो पल्ट भन्दा धेरै मतदाताहरु बनाउन सफल भएको हुँदा उम्मेदवारहरुमा पनि एउटा बेग्लै ऊर्जा थपिएको छ भने स्थानीय संघसस्थाहरुका अगुवा एब समाजसेवीहरुले सबैले स्थानीय उम्मेदवारहरुलाई सहयोग गर्नुपर्छ भन्ने मान्यता लिएको हुँदा टेक्सासले एनआरएन अमेरिकामा यो पल्ट राम्रो प्रतिनिधित्व गराउछ भन्ने स्थानीय नेपालीहरूको विश्वास रहेको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०