काठमाण्डाैंमा भिसा कन्सुलर खोल्न क्यानडा सरकार सकारात्मक

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२२ फाल्गुन २०७१, शुक्रबार ०६:५१

टोरोन्टो । नेपालको राजधानी काठमाडौमा क्यानेडियन भिसा कन्सुलर अफिस खोल्न पहल थालिएको छ । काठमाडौमा क्यानेडियन भिसा कन्सुलर अफिस खोल्न हार्पर सरकार सकारात्मक रहेको बताइएको छ
क्यानाडाका संसदीय समितिका सदस्य -एमपी) बव डेचार्टले भिषा कन्सुलर अफिस खोल्न प्रधानमन्त्री सकारात्मक रहेको बताए । मिसिसागा र इरिनडेलका लागि एमपी डेचार्टले नेपालसँगका सम्बन्ध विस्तार गर्न काठमाडौमा भिषा कन्सुलर अफिस जरुरी भएको बताउँदै उनले तत्काल कार्यालय स्थापना गर्न आफ्नै कन्जरभेटिभ हार्पर सरकार सकारात्मक भएको जनाए ।
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय समिति क्यानाडा (एनआरएनए क्यानाडा) द्वारा शनिवार मिसिसागामा आयोजित एक कार्यक्रममा उनले नेपालसँगको व्यापार सम्बन्ध बढाउन, पर्यटन विस्तार गर्न, क्यानाडामा आप्रवासन तथा अध्ययन गर्न चाहनेलाई सजिलो गराउन भिसा कार्यालय आवश्यक भएको बताए ।
क्यानाडाका लागि नवनियुक्त राजदूत कालीप्रसाद पोखरेलको स्वागतार्थ आयोजित कार्यक्रममा राजदूत पोखरेलले नेपाल क्यानाडाको दौत्य सम्बन्धलाई प्रगाढ बनाउन भिषा कार्यालय अनिवार्य भएको उल्लेख गरे । राजदुत पोखरेलले दुई देशबीचको दौत्य सम्बन्ध गासिएको ५० औ वर्षमा पुगेको आवसरमा विभिन्न कार्यक्रम गरिने जानकारी दिए ।
उनले संसदीय समितिका सदस्यहरुसँग व्यापक छलफल गर्ने, सगरमाथामा सफल आरोहण गर्ने सबै क्यानेडियनलाई एउटै कार्यक्रममा सम्मान गर्ने, क्यानेडियन विजनेसम्यानहरुलाई नेपालमा लगानी गर्न प्रोत्साहन गर्ने, क्यानाडामा रहेका नेपाली समुदायहरुसँग सहकार्य गर्ने लगायतका विषयमा दूतावास तयार रहेको बताए । एक सय भन्दा बढि क्यानेडियनले सगरमाथाको सफल आरोहण गरिसकेको तथ्यांक रहेको राजदूत पोखरेलले जानकारी दिए ।
सो अवसरमा टोरोन्टोका लागि इन्डियाका जनरल कन्सुलर अखिलेस मिश्र, टोरोन्टोका लागि नेपालका जनरल कन्सुलर कुन्जरमणि शर्मा, इन्डो-क्यानाडा चेम्वर्स अफ कमर्सका अध्यक्ष धरम पी जैन, एनआरएनए उत्तर अमेरिकाका क्षेत्रीय संयोजक नवराज गुरुङ, सर इडमन हेलारी फाउन्डेसनका फाउन्डर, जेकी वकोनर, एनआरएन क्यानाडाका सल्लाहकार ज्योति वैद्य, सीएमआर रेडियोका निर्देशक रगावन परालचोथी, अर्लाम ल अफिका लयर मोहम्मद अलाम, ट्राभल प्याक नर्थ अमेरिका हेड फजल बैग, मिसिसागा माल्टनका नोमिनेटेड कन्जरभेटिम एमपि प्रीति लम्वा, ब्राम्पटन इष्टबाट नोमिनेटेड कन्जरभेटिम एम पी नवल बजाज, स्पाडिना एवं ट्रिनिटिका पूर्व एमपी क्यान्डिटेट बेन्जामिन शर्मालगायतले दुई देशबीचको हितका पक्षमा आ-आफनो धारणा राखेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१