यसरी आकर्षित भए वेलायती युवतीहरु आइएस लडाकुहरुसँग

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२० फाल्गुन २०७१, बुधबार १४:३८

london3काठमाडौं । इस्लामिक उग्रबादी संगठन आईएसका लडाकुहरुले पछिल्लो समय बेलायती महिलाहरुलाई सामाजिक सञ्जाल फेसबुक र टुइटरको प्रयोग गरी आफूप्रति आकर्षित गरेको खुलासा भएको छ ।

बेलायत मुश्लिम बिरोधी राष्ट्र भएको सन्देश सामाजिक सञ्जाल मार्फत दिने गरेका आईएसका लडाकुहरुप्रति आकर्षित भएका तीन बेलायती युवतीहरु आइएसमा आबद्ध भएपछि यो रहस्य खुलेको हो ।

ती युवतीहरुलाई लडाकुहरुले निकै आकर्षित अनुहार भएकाहरुले आफनो अनुहार ढाकेर हिड्नु राम्रो हुने भन्ने सोच विकसित गराई आइएसमा आबद्ध गराएको बताइन्छ । ती तीन युवतीहरुमात्र नभई अन्य बेलायती मुश्लिम युवतीहरुलाई आईएसका लडाकुहरुले पछिल्लो समय आफ्नो जालमा फसाउन सामाजिक सञ्जालको दुरुपयोग गर्ने गरेका छन् ।

नाम नखुलाउने शर्तमा अर्का एक बेलायती युवतीले आफूलाई पनि आईएसका कार्यकर्ताले सामाजिक सञ्जाल मार्फत बेलायतबारे भ्रामक सन्देश दिंदै आइएसप्रति आकर्षित गर्न खोजेको बताइकी छिन् । आईएसका जिहाद जोन नामका ब्यक्तिले आफूलाई धार्मिक प्रवचनका केही अंशहरु पढ्न लगाई बिचार परिवर्तन गर्न लगाएको बताएकी छिन् ।

साथै उनले आईएसको यो कदमले थुप्रै बेलायती युवतीहरु आईएसमा आवद्ध हुन सक्ने आशंका पनि ब्यक्त गरेकी छिन् । केही दिन अघि बेलायती युवतीहरु बेलयताबाट भागेर टर्की हुँदै सिरियामा आईएस लडाकुहरुसंग आवद्ध भएका थिए ।   एजेन्सी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०