आइएसले नियन्त्रणमा लिएको शहर इराकी सेनाको कब्जामा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१९ फाल्गुन २०७१, मंगलवार १०:२८

एजेन्सी । इराकी सेना इस्लामिक लडाकु समूह आईएसको नियन्त्रणमा रहेको इराकको टिक्रिट नजिकको केही शहर नियन्त्रणमा लिन सफल भएको छ । सो भू–भाग आतंककारी समुहको नियन्त्रणबाट मुक्त गर्न टिक्रिटमा हवाई आक्रमणपछि अल टिन र अल अवेद शहर इराकी सेनाको नियन्त्रणमा आएको हो ।

irukeगत जुनदेखि टिक्रिट शहरमा कब्जामा लिई बसेका आईएसका कार्यकर्ता बिरुद्ध हवाई हमलामा टिक्रिटमा १६ जना लडाकु समेत मारिएको दाबी इराक सरकारको छ । इराकी सेनाले थालेको अभियानमा २० हजार इराकी सेना र ४५ सय मिलिसिया संलग्न रहेका छन् । तत्कालीन इराकी शासक सद्धाम हुसेनको गृहनगर टिक्रिट आईएसले सन् २०१४ को जुनमा नियन्त्रणमा लिएको थियो । इस्लामिक राज्यको माग गर्दै संघर्षरत् आईएसले इराक र सिरियाका ठूलो भूभाग आफ्नो नियन्त्रणमा लिएको छ । यता इराक सरकारले टिक्रिट शहर पुन आफनो नियन्त्रणमा आउने दाबी गरको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१