इजरायली प्रधानमन्त्री अमेरिकामा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१८ फाल्गुन २०७१, सोमबार १४:२१

एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू इरानको सम्बन्धलाई लिएर अमेरिका भ्रमणमा जानु भएको छ । आफ्नो मुलुकमा दुई सातापछि हुन लागेको चुनावको पुर्वसन्ध्यामा नेतान्याहू अमेरिकी कांग्रेसका सभामुख जोन बोनरको निम्तोमा अमेरिका जानु भएको हो । विवादित कार्यक्रम लिएर अमेरिका पुगेका नेतान्याहूले अमेरिकी कांग्रेसलाई आज राति सम्बोधन गर्ने बीबीसीले जनाएको छ । रिपब्लिकन पार्टीको बहुमत रहेको कांग्रेसर राष्ट्रपति बराक ओवामाको इरान नीतिको विपक्षमा छ ।

miअमेरिकाको इरान नीतिको विरुद्धमा रहेको इजरायलका प्रधानमन्त्रीलाई राष्ट्रपति ओवामाले नभेट्ने ह्वाईहाउसले जनाएको छ । ह्वाईटहाउसले भने निर्वाचनको पूर्वसन्ध्यामा रहेको मुलुकका नेतालाई नभेट्ने पुरानो परम्परा अनुरुप नेतान्याहूसग राष्ट्रपति ओवामाको भेट नहुने प्रष्ट्याएको छ ।
इरान र अमेरिकाबीच हुने आणविक सम्झौताले इजरायलको सुरक्षा खतरा बढाउने भन्दै नेतान्याहूले अमेरिकी नीतिको आलोचना गर्दै आएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१