३ बेलायती किशोरी आइएसमा भर्ती हुन सिरियामा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१८ फाल्गुन २०७१, सोमबार ११:२८

एजेन्सी । बेलायतका ३ किशोरी इस्लामिक बिद्रोही संगठन आइएसमा भर्ती हुन सिरिया पुगेका छन् । बेलायतको बेथनल ग्रीन एकेडेमीमा अध्ययनरत १५ बर्षीया शमीमा बेगम तथा अमीरा अब्बासी र १६ बर्षीया कुदीजा सुल्तान टर्की हुदै सिरिया पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सीसीटीभी फुटेजमा उनीहरु इस्तानबुल बस स्टेशनमा देखिएका थिए ।

siriyaसो सीसीटीभी फुटेज गत फेब्रुअरी अन्तिमतिरको भएको बताइएको छ । टर्कीबाट उनीहरुलाई एक व्यक्तिले बसमा सिरियाको सिमामा पुर्‍याएका थिए । त्यहाँबाट उनीहरुलाई आइएसका लडाकुले लिएर गएको प्रत्यक्षदर्शीलाई उदृत गर्दै बीबीसीले जनाएको छ । ती किशोरीका परिवारले घर फर्कन उनीहरुलाई आग्रह गरेका छन् । प्रहरीका अनुसार ५० महिला तथा किशोरी बेलायतबाट आइएसमा भर्ती हुन सिरिया पुगिसकेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१