कक्षा १२ को परीक्षा शुरु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१९ बैशाख २०७१, शुक्रबार ११:४४

काठमाडौँ,१९ वैशाख । उच्च माध्यमिक शिक्षा परिषद्ले सञ्चालन गरेको कक्षा १२ को परीक्षा आजदेखि शुरु भएको छ । ३० वैशाख सम्म सञ्चालन हुने कक्षा १२ को परीक्षा १९ वैशाख बिहान ७ बजेबाट देशभर शान्तिपूर्णरुपमा शुरु भएकोे उच्च माध्यमिक शिक्षा परिषद्का परीक्षा नियन्त्रक दुर्गा अर्यालले जानकारी दिएका छन् । परीक्षा १० बजेसम्म सञ्चालन हुनेछ ।download (1)
कक्षा १२ को परीक्षामा देशभरबाट कुल ३ लाख ८१ हजार ३२२ जना सहभागी भएको उनले जानकारी दिए । देशभर रहेका ३ हजार ५९६ उच्च माध्यमिक विद्यालयहरुबाट परीक्षार्थी सहभागी भएका छन् । परिषद्ले परीक्षाका लागि देशभर ९४६ परीक्षा केन्द्र निर्धारण गरेको छ ।
त्यस्तै केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सुरक्षाकर्मी, कर्मचारी, पर्यवेक्षक र कर्मचारी गरी कुल २८ हजार ९७८ जना जनशक्ति परिचालन गरिएको जानकारी अर्यालले दिए ।
गत वर्षको परीक्षा सञ्चालनमा अनियमितता गरी कालोसूचीमा परेको परीक्षा केन्द्र र कर्मचारीलाई यसवर्ष परीक्षामा सहभागी नगराएको र परीक्षाका लागि करिब रु ५५ करोड छुट्याएको पनि उनले बताएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख २६, २०८१