मोदी सरकारको भारतमा नयाँ बजेट

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१७ फाल्गुन २०७१, आईतवार १४:३३

भारत । अर्थमन्त्रीले आउँदो वर्ष देशको अर्थतन्त्र आठ प्रतिशतले वृद्धि हुने अनुमान गरेका छन् । भारतमा नरेन्द्र मोदीले नेतृत्व गरेको सरकारले ‘लोकप्रिय तर व्यावहारिक’ भनिएको बजेट सार्वजनिक गरेको छ। अर्थमन्त्री अरुण जेटलीले आउँदो वर्ष देशको अर्थतन्त्र आठ प्रतिशतले वृद्धि हुने अनुमान गरे। उनले पहिलो पटक गरीबीको रेखा मुन‌ि रहेका परिवारहरुलाई सामाजिक सुरक्षा प्रणालीमा समेटने घोषणा पनि गरे। तर आलोचकहरु भन्छन्, उनले वित्तीय घाटा कम गर्ने आफ्नै वाचा पुरा गर्न सकेनन्।

150228114414_india_budget_arun_jaitley_304x171_bbc_nocreditभारतीय जनता पार्टीले नेतृत्व गरेको सरकारले अभूतपूर्व रुपमा कर्पोरेट करलाई तीस प्रतिशतबाट घटाएर पच्चीस प्रतिशतमा झारेको छ। यसबाट आर्थिक वृद्धिमा मदत पुग्ने तथा थप रोजगारी सिर्जना हुने अर्थमन्त्री अरुण जेटलीले आशा व्यक्त गरे। उनले देशको उर्जा संकटलाई हल गर्न चार, चार हजार मेगावाटका पाँचवटा उर्जा आयोजनाहरुको निर्माण गरिने पनि बताए। अर्थमन्त्रीले यो बजेटमा लगानी बढाउने र अर्थतन्त्रलाई सुद्ढ गर्नमै बढी ध्यान दिएको देखिन्छ । त्यस्तै उनले पूर्वाधार विकासका लागि सत्तरी हजार करोड रुपियाँ छुट्याएका छन्। यो बजेटको एउटा प्रमुख पक्ष भनेको पहिलो पटक देशका सबै गरीब परिवारहरुलाई समेटने गरी सामाजिक सुरक्षाको व्यवस्था गर्नु हो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१